21.1 C
Kathmandu
Monday, June 27, 2022
21.1 C
Kathmandu
27.7 C
Birgunj

बहुविवाहको आरोपमा श्रीमान्-श्रीमती कारागार चलान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०८ असार । सप्तरी प्रहरीले बहुविवाह मुद्दाका फरार प्रतिवादी श्रीमान्-श्रीमती पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेको अवस्थामा सप्तरीको सुरुङ्गा नगरपालिका-३ का ४७ वर्षीय जलेसर यादव र उनकी ४५ वर्षीया पत्नी मञ्जु देवी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

- Advertisement -

सिराहाको वस्तिपुर-९ घर भई हाल सुरुङ्गा नगरपालिका-३ बस्‍ने जलेसरकी जेठी पत्नी असियादेवी यादवको जाहेरी अनुसार उनीहरूलाई अदालतले जनही १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

- Advertisement -

बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७३ जेठ २ गते सजाय र जरिवाना तोकेपछि दुवै जना फरार भएका थिए । उनीहरूलाई पक्राउ गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -