21.1 C
Kathmandu
Monday, June 27, 2022
21.1 C
Kathmandu
27.7 C
Birgunj

१७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०८ असार । सप्तरीमा अदुवा लोड रहेको मिनी ट्रकमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । शंका लागेर सशस्त्र प्रहरीले जाँच गर्दा १ सय ७५ किलो लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा रहेको सशस्त्रको टोली उक्त परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीलाई झुक्याएर ट्रक चालक र सहचालक भने फरार भएका छन् ।

- Advertisement -

मंगलबार राति पौने ११ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कोसी ब्यारेजस्थित चेक प्वाइन्टमा को१ख २९२५ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा १ सय ७५ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

ट्रकमा ३ सय ५० केजी अदुवासहित बोरामा प्याकिङ गरिएको गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -