24.1 C
Kathmandu
Thursday, July 7, 2022
24.1 C
Kathmandu
32.7 C
Birgunj

जिसस सप्तरीको निर्वाचन असार १२ मा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०८ असार । जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन यही असार १२ गते आइतबार हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जिससको निर्वाचन आइतबार हुने सूचना जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । मंगलबार मतदाता नामावली प्रकाशन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।

- Advertisement -

यस्तै बिहीबार उम्मेदवारको मनोनयन दर्ता, मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए । शुक्रबार मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन तथा उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

- Advertisement -

शनिबार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरी आइतबार मतदान गर्ने कार्यक्रम तय गरिएको छ । जिल्लामा १८ स्थानीय तह रहेको र जिससका लागि कूल ३६ मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीका अनुसार नेपाली कांग्रेसको पाँच प्रमुख/अध्यक्ष र ७ उपप्रमुख/उपाध्यक्ष गरी सर्वाधिक १२ मत छ । यस्तै जनता समाजवादी पार्टी (जसपा) को ३ प्रमुख/अध्यक्ष र ५ उपप्रमुख/उपाध्यक्ष गरी ८ मत छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को ३ अध्यक्ष र २ उपाध्यक्ष गरी ५ मत, नेकपा (एमाले) को ३ प्रमुख/अध्यक्ष र १ उपप्रमुख गरी ४ मत छ ।

जनमत पार्टीको १ प्रमुख, १ अध्यक्ष र १ उपाध्यक्ष गरी ३ मत छ भने नेकपा (एकीकृत समाजवादी) को १ प्रमुख र १ उपप्रमुख गरी २ मत तथा नेकपा (माओवादी केन्द्र) को १ प्रमुख र १ उपाध्यक्ष गरी २ मत छ । काँग्रेसले आफ्नो नेतृत्वमा केन्द्रीय गठबन्धनअनुसार निर्वाचन जानुपर्नेमा जोड दिएको छ भने जसपाको नेतृत्वमा काँग्रेस बाहेकको दलहरुले गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरिरहेका बताइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -