21.1 C
Kathmandu
Wednesday, June 29, 2022
21.1 C
Kathmandu
25.2 C
Birgunj

दुर्घटनामा परेका बीरगन्ज वडा नंं.२४ का वडा सदस्य यादवको निधन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०८ असार । बीरगन्ज महानगरपालिका वडा नम्बर २४ का वडा सदस्यको निधन भएको छ ।

- Advertisement -

जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाईनस्थित कान्तिलोकपथ सडक खण्डमा भएको सवारी दुर्घटनामा परी घाइते भएका ३७ वर्षीय कृष्णकुमार यादवको गए राति निधन भएको हो ।

- Advertisement -

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भर्ना भई उपचाररत यादवलाई थप उपचारका लागि काठमाडाँै लैजाने क्रममा मङ्गलवार राति बाटोमै निधन भएको जनाइएको छ ।

बीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका दिन मकवानपुरको दामन पुर्‍याएका यादव सहितको टोली मतदान गर्न मकवानपुरबाट बीरगन्ज आउने क्रममा सवारी दुर्घटनामा परी घाइते भएका थिए ।

कान्तिलोकपथ सडक खण्डमा जिप लाइनबाट गढीतर्फ आउँदै गरेको ना४च ६४३६ नम्बरको बोलेरो पिक अप गाडी अनियन्त्रित भई दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी बीरगन्ज महानगरपालिका वडा नम्बर १७ का ३० वर्षीय श्रवण यादव, वडा नम्बर ३० का वडा अध्यक्ष मनोजकुमार यादव, वडा नम्बर २४ कै ३१ वर्षीय सद्दाम हुसेन, वडा नम्बर २५ का ३१ वर्षीय जगदीश साह, वडा नम्बर ३२ की ३५ वर्षीय पूजा राम र वडा नम्बर २९ का धर्मेन्द्रप्रसाद महतो थारु घाइते भएका थिए ।

यादवसहित ३ जना जनप्रतिनिधिले उक्त दिन दुर्घटनाका कारण नै मतदान गर्न पाएका थिएनन् । मतदान नगर्नेमा मनोजकुमार यादव, धर्मेन्द्रप्रसाद महतो र कृष्णकुमार यादव थिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -