22.1 C
Kathmandu
Wednesday, June 29, 2022
22.1 C
Kathmandu
26.2 C
Birgunj

५० अंकले घट्यो नेप्से

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०९ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० अंकले घटेको छ । आज विहीबार कारोबार सुरू भएदेखि घट्न थालेको नेप्से परिसूचक समाचार तयार पर्दासम्ममा ५०.६० अंकले घटेको छ । यससँगै, परिसूचक १ हजार ८४२ अंकमा आइपुगेको छ । यस्तै, १ बजेर ३० मिनेट जाँदा सम्ममा नेप्सेमा ७३ करोड ६९ लाख ८२ हजार रुपैयाँ बराबरको २३ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ ।

- Advertisement -

यति बेलासम्मको अवधिमा नेप्सेमा कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । जसमध्ये, जलविद्युत, विकास बैंक र वित्त समूह ४ प्रतिशतले घटेका छन् भने लगानी समूह, जीवन बीमा समूह र व्यापार समूहमा ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

- Advertisement -

यद्यपि, यस अवधिसम्ममा नेप्सेमा आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यले भने सकरात्मक सर्किट हानेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ९६० रुपैयाँ पुगेको छ । यस्तै, आज कारोबारमा आएकामध्ये ६ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -