शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

मुख्यमन्त्री राउतद्वारा भारतीय पर्यटकलाई जनकपुरस्थित रेल्वे स्टेशनमा स्वागत

सिफारिस

जनकपुरधाम,असाढ ९ । मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई जनकपुरस्थित रेल्वे स्टेशनमा स्वागत गर्नुभएका छन् ।

- Advertisement -

रामायण सर्किट रेल चढेर आउनु भएका भारतीय पर्यटकलाई उहाँले गमछा र पुष्पगुच्छाले स्वागत गर्नुभएका हुन् । करिब पाँच सय भारतीय पर्यटक लिएर भारत गौरब पर्यटक रेल आज दिउँसो जनकपुर आइपुगेको छ । धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आइपुगेको यो पहिलो रेल हो । रेल जनकपुरबाट भारत फर्के पनि पर्यटक भने रात्री विश्राम गरेर भोली फर्किने छन् ।

पर्यटकहरुलाई मुख्यमन्त्री राउतले स्वागत गर्दै यसले नेपाल–भारत बीच सम्बन्धमा नयाँ आयाम थपेको बताए।

- Advertisement -

रामायण सर्किटले जनकपुरधामको पर्यटकीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । मुख्यमन्त्री राउतले जनकपुरको प्रचार प्रसार धार्मिक पर्यटकीय स्थलको रुपमा देश विदेशमा गर्नुपर्नेमा जोड दिनुभयो । भारत गौरब पर्यटक रेलमा सवार पर्यटकलाई मुख्मयन्त्री राउतसहित उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह लगायत जनकपुरका होटेल व्यवसायीहरुले गमछा, पुष्प गुच्छाले स्वागत गरेका हुन् ।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार