24.1 C
Kathmandu
Thursday, July 7, 2022
24.1 C
Kathmandu
32.7 C
Birgunj

नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न लालबाबु पण्डितको माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,०९ असार । नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गरि नागरिकताको वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।

- Advertisement -

पूर्व मन्त्रीसमेत रहेका उनले सरकारले संघीय निजामती विधेयक फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहशनहस बनाएको आरोप लगाए। उनले संघीय निजामती विधेयकलाई पनि संसदमा ल्याई पारित गर्न सरकारको ध्यानाकर्षण गराए।

- Advertisement -

‘२ लाख ५० हजारभन्दा बढी युवा नागरिकता सहित पहिचानको खोजीमा रहेका छन्। सरकारले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गरी नागरिकता वितरणको व्यवस्था मिलाओस् भन्ने आग्रह गर्न चाहान्छु’, उनले भने,।

‘संघीय निजामती विधेयक सरकारले फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहशनहश बनाउने काममा लागेको छ। त्यसकारणले संघीय निजामती सेवा ऐन, जुन राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको हो । त्यो ऐनलाई छिटो संसदमा ल्याइ पारित गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -