शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्सामा ४३५ परीक्षार्थी एसईईको...

बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई)...

सरकारले निर्माण व्यवसायीहरूको ६०...

काठमाडौँ,१६ चैत । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण...

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...
20.1 C
Kathmandu
30 C
Birgunj

वर्षाको कारण नेपाल र युएईबीचको खेल रोकियो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१० असार । एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रोकिएको छ।

- Advertisement -

मलेसियास्थित किनरारा एकेडेमी ओभलमा भइरहेको खेल पहिल‍ो इनिङ सकिएलगतै पानी पर्न थालेपछि प्रभावित भएको हो ।

यसअघि वर्षाको कारण टस ३० मिनेट ढिला भएको थियो । पहिला बलिङ गरेकाे नेपाललाई युएईले जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

- Advertisement -

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले १९ ओभर ५ बलमा सबै विकेट गुमाउदै ८१ रन बनायो।यूएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । इशा रोहितले १५ रन, छाया मुघलले १४ रन तथा खुसी शर्मा १२ रनको योगदान गरिन् ।

नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन् । यस्तै इन्दु बर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् ।

नेपालसामु याे खेल जित्नसके एसिया कपमा स्थान बनाउने सुनौलो अवसर हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् ।

नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । पानी रोकिएपछि खेल पुन शुरु हुने बताइएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार