26.1 C
Kathmandu
Wednesday, August 17, 2022
26.1 C
Kathmandu
33.4 C
Birgunj

जनकपुरमा लागु औषध दुरुपयोग तथा ओसार पसार बिरुद्दको अन्तराष्ट्रिय दिवस कार्यक्रम सम्पन

सिफारिस

जनकपुरधाम ,असार १२ । आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस हो । हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र सङ्घको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । त्यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागू औषधको असर र कारोबार वाट मुक्त गराउनु हो ।

- Advertisement -

जनकपुरधाममा लागु औषध दुरुपयोग तथा ओसार पसार बिरुद्दको अन्तराष्ट्रिय दिवस मनाएका छन् । जिल्ला प्रहरी कार्यालयको आयोजनामा रहेको तथा सहकार्यमा लैंगिक हिंसा नियन्त्र संजाल समिति र सहयोगी संघहरु माइती नेपाल धनुषा,जिल्ला युवा संजाल धनुषा,स्पर्श नेपाल,इन्सेक,हिमाली इंग्लिश बोर्डिंग स्कुलका बिधार्थीहरु संगै जानकी मन्दिर देखि रैली निकाली जनक चोकको कोणसभामा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रम सम्पन गरेका छन् ।


कार्यक्रमको अध्यक्षतमा जि.प्र.का. धनुषाका कार्यालय प्रमुख प्र.उ.बसन्त रजौरे ,प्रमुख अतिथिमा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल,नेपाली सेनाका प्रमुखका ज.म बुद्धी प्रकाश बस्नेत,सशस्त्र प्रहरी बलका प्रमुख प्रकाश सुबेदी,पूर्व प्रहरी,बार एसोसिएसन र नागरिक समाजका अनिल अमर चन्द्र ,समाज सेवी सुभद्रा आले,युवाहरु सहभागी भएका हुन् ।

- Advertisement -

नेपालमा लागु पदार्थको परिभाषा लागु औषध नियन्त्रण ऐनको दफा ३ मा लागुऔषधको परिभाषामा देहायका कुराहरू समावेश छन्: भाङ/गाँजा,औषधीय भाङ,अफिम,प्रशोधित अफिम,औषधीय अफिम,कोकाको बिरुवा र पातहरू, अफिम र एक्स्ट्र्याक्ट कोका मिसाएर तयार पारिएको कुनै पनि पदार्थ, मिश्रण सहित। लागु औषध नियन्त्रण ऐनको दफा ४ ले देहायका कार्यहरूलाई लागु औषधको अपराध मानेको छ, जुन कानुनबमोजिम दण्डनीय छ ।

उक्त कार्यक्रममा आफ्नो सानो मन्तव्यको क्रममा सञ्जालका अध्यक्ष कुलदीप साह मधेसीले बिधालय मा पढ्ने बिधार्थीहरुलाइ सप्ताहीक होस या महिना मा कम्तीमा एक चोटी बिथार्थीहरुलाइ बिशेष कक्षा सञ्चालन गर्न सम्बन्धित निकाय संग आग्रह गरेको छन । सुरक्षा निकाय सिमा नाकामा कडा रुपमा नियन्त्रण गर्न सकिरहेको छैन , सुनसान ठाउको फाइदा उठाएर धेरै युवाहरु दुर्व्यसनमा फसेका छन त्यसलाई प्रहरीको सहकार्यमा नियन्त्रण गर्न अती आवश्यक रहेको र लागु पदार्थमा सबै भन्दा बढी युवा नै फसेको कारण आफु पिडीत बर्ग भित्र परेकोमा पिडा पोखेका छन् । हाम्रो समाजमा कही कतै त्यस्ता गतीबिधीमा लागेका युवाहरु देख्ने बितिकै सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन समेत सबै पक्षलाई आग्रह गरेका हुन्।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -