26.1 C
Kathmandu
Wednesday, August 17, 2022
26.1 C
Kathmandu
33.4 C
Birgunj

साथीले चलाएको गोली लागेर एक किशोर‌ घाइते, दुई पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१२ असार । साथीले चलाएको गोली लागेर सिरहाको लहानमा एक किशोर गम्भीर घाइते भएका छन् ।‌ घाइते हुनेमा लहान नगरपालिका २२ का १८ वर्षीय दिलीप मुखिया छन् । उनको पेटमै गोली लागेको छ । लहानमा उपचार सम्भव नहुने भएपछि उनलाई धरान लगिएको छ ।

- Advertisement -

इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीले घटनास्थल पुगेर तत्कालै संलग्न देखिएका स्थानीय १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय सुरज मुखियालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

- Advertisement -

उनका अनुसार घटनास्थलबाट एक थान कटुवा पेस्तोल, ५ राउन्ड गोली (७.६५ एमएम लेखिएको), एक थान म्यागेजिन र एक थान गोलीको खोखा पनि बरामद भएको छ ।

पक्राउ परेका सुशान्त र सुरज तथा गोली लागेर घाइते दिलीप साथी हुन् । उनीहरू स्थानीय रवीन्द्र चौधरीको घरमा बसेका थिए । त्यहाँ नै गोली चलेको र दिलीप घाइते बनेको स्थानीयको भनाई छ ‌।

ख्याल ख्यालमै साथीले नै गोली चलाएपछि दिलीप घाइते बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मैनालीले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -