शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...

रूसी सेनामा रहेका नेपालीका...

काठमाडौँ,०७ वैशाख । रूसी सेनामा रहेका नेपालीहरुका परिवारले धर्ना सुरु गरेका छन् ।...
27.1 C
Kathmandu
41 C
Birgunj

गर्भवती अवस्थामै जनकपुरकी नेहाको रहस्यमय मृत्यु

सिफारिस

जनकपुरधाम, असार १३ । वैदेशिक रोजगारीले आम जनताको पेट पाल्न सहज पुर्याउँदै गएको कुरालाई नकार्न सकिदैँन तर त्यसले उब्जाएको विकृतिको घटनाले समाजमा भयावह स्थिति सृजना गर्दै गएको छ।

- Advertisement -

जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी नेहादेवी साह । जसलाई गर्भवती अवस्थामै श्रीमानको शंकाले ज्यानै गुमाउनु परेको छ ।

- Advertisement -

करिब ५ वर्षअघि महोत्तरी जिल्ला गौशाला नगरपालिका २ निवासी उपेन्द्र साह सोनारकी छोरी निशा भनिने नेहा साहको जनकपुरधाम २१ कुर्था निवासी विसुनदेव साहसँग विवाह भएको थियो ।

एक छोरा भएपछि विसुनदेव वैदेशिक रोजगारमा गए । वैदेशिक रोजगारीबाट गत तीन महिनाअघि फर्केका विसुनदेव र नेहाबीच विवाद हुँदै आएको थियो । स्थानीयका अनुसार नेहाको चरित्रमाथि शंका गर्दै विसुनदेवले नेहामाथि हिंसात्मक व्यवहार गर्दै झै झगडा कुटपिट गर्दै आएका थिए ।

श्रीमानको हिंसात्मक प्रताडनाबाट आजित भई नेहा एक महिनाअघि आफ्ना ४ वर्षिय छोरालाई लिएर माइत गौशाला गएर बस्न थालेकी थिइन । तीन दिनअघि विसुनदेवले नेहालाई अब केही गर्दिन भनी ललाई फकाई आफ्नो घर कुर्था ल्याएका थिए । तर घर आएको तीन दिन नबित्दै उनले ज्यान गुमाउनु परेको छ ।

नेहाका श्रीमान विसुनदेवका अनुसार आज बिहान चापाकल नजिक एक्कासि आफैं ढलेपछि उपचारका लागि ल्याउँदा ल्याउँदै नेहाको मृत्यु भएको हो । नेहालाई उपचारका लागि जानकी हेल्थकेयर अस्पतालमा ल्याउँदा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । नेहाको शरीरका केही भाग र घाँटीमा डाम देखिएको कारण हत्या गरिएको माइती पक्षले आरोप लगाउंदै आएका छन ।

मृतक नेहाका दाई बिजय साहले हिजो शनिवार बिहान बहिनी नेहाले आफूलाई कुटपिट गरेको फोन मार्फत जानकारी गराएको बताएका छन ।

उनले भने, `विसुनदेव वैदेशिक रोजगारबाट आएदेखि नै बहिनी नेहाको चरित्रमाथि शंका गर्दै चरम शारीरिक यातना दिंदै आएका थिए, त्यो सहन नसकेपछि बहिनीले मलाई भनेकी थिइन् र हामीले घर ल्याएका थियौं, एक महिना बित्न लाग्दा उनले अब केही नगर्ने राम्ररी राख्छु भनी हाम्रो घरबाट ल्याए र आज त ज्यान नै लिएका छन ।`

विजयले नेहाको हत्या गरेको आरोप लगाउँदै घटनाको छानबिनको माग गरेका छन । शरीरको केही भागमा निलडाम देखिएको कारण बहिनीको हत्या नै गरिएको हुन सक्ने उनले बताए ।

`हाम्रो घरमा रहेको बेलासम्म केही भएको थिएन, यहाँ आएको तीन दिन नबित्दै एक्कासि ढल्नु भनेको घटना रहस्यमय छ, सम्बन्धित निकायसँग सत्य तथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्न आग्रह गर्दछु`, उनले भने ।

विजयले पोष्टमार्टमका साथ साथै बच्चा कसको हो भनी नेहाको पेटमा रहेको बच्चाको समेत डिएनए टेस्टको माग गरेका छन । `गर्भमा रहेका बच्चाको डिएनए गरिएन भने भोलि मेरो बहिनीको चरित्रमाथि शंका कायमै रहनेछ र अपराधी उम्किन सक्छ`,उनले भने ।

साथै उनले बिसुनदेवका दाई हुकुमदेव साह प्रहरीमा रहेको र निजकै मिलोमतोमा घटना सामसुम पार्ने वा मिलाउने, हत्यालाई आत्महत्यामा परिणत गर्ने चलखेल भइरहेको आशंका समेत व्यक्त गरे ।

यता मृतक नेहाका श्रीमान विसुनदेवले करिव चार वर्षको बैदेशिक रोजगार पछि आफू गत चैतमा घर आएको र नेहा आफूसँग नबस्ने भन्दै दैनिक घरमा तनाव र झैझगडा गर्ने गरेकोे बताएका छन् ।

आफूसँग राम्रो सम्बन्ध नरहेको अवस्थामा केही दिन अगाडि मात्र नेहाको पेटमा बच्चा रहेको सुन्दा आफुलाई आश्चर्य लागेपछि आफ्नो पीडा र समस्या सासु, ससुरा र जेठान सबैलाई सुनाएको भएपनि कसैले कुनै सुनुवाई नगरी तिनीहरुले यहाँबाट नेहालाई आफ्नो घर गौशाला लगेको उनले बताए ।

करिब एक महिना माइती राखेर गत शुक्रवार नै नेहालाई आफ्नो घरमा ल्याएर छाडेको विसुनदेवले बताए । `हामीबीच कुनै झै झगडा भएन आज बिहान एक्कासि चापाकल नजिक ढलिन्, हत्या गरिएको भन्ने म माथि लगाइएको आरोप झुटो हो`, उनले भने ।

यसैबीच धनुषा प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप बहादुर क्षेत्रीका अनुसार चापाकल नजिक ढलेको भनेर कुर्थाबाट नेहालाई उपचारका लागि जानकी हेल्थकेयरमा ल्याइएको र अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

घटनामा माइती पक्षले नेहाको चरित्रमाथि शंका गर्दै ससुराली पक्षले हत्या गरेको आरोप लगाइरहेका छन भने विदेशबाट फर्केका विसुनदेवले आफूले हत्या नगरेका दाबी गरेका छन ।

घटनाको अनुसन्धान भइरहेको र पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै केही भन्न सकिने प्रहरीले जनाएको छ ।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार