26.1 C
Kathmandu
Wednesday, August 17, 2022
Date
बुध, भदौ १, २०७९
Wed, August 17, 2022
26.1 C
Kathmandu
33.4 C
Birgunj

जनकपुरमा लैंगिक अल्पसंख्यकको गौरव यात्रा

सिफारिस

- Advertisement -

जनकपुर,असार १३ । अङ्ग्रेजी पात्रो अनुसार जुन महिनालाई ‘प्राइड मन्थ’ अर्थात् ‘गौरवको महिना’ मानिन्छ र यो महिनाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका निम्ति विशेष महत्त्व राख्छ। नेपालमा पनि जुन महिना लैङ्गिक तथा अल्पसङ्ख्यकहरूले विभिन्न कार्यक्रम गरेर ‘प्राइड मन्थ’ मनाउने गर्छन्। एलजीबीटीआईक्यूप्लस समुदायका लागि आफ्नो पहिचान देखाउने तथा आफ्नो समुदायले प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा पनि यसलाई लिने गरिन्छ। यसै महिना विश्वका विभिन्न देशहरूमा ‘प्राइड परेड’हरू पनि हुने गर्छन्।

- Advertisement -


जनकपुरधाम पनि यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको पहिलो मधेस प्रदेश स्तरीय गौरव यात्रा सम्मप्न भएको छ । रामवरण यादवको प्रमुख अध्यक्षता एवम् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका संस्थाको आयोजनामा उक्त कार्यक्रम सम्मप्न भएको छ । “हामी सबै भिन्न,हामी सबै सम्मान” भने मुल नाराका साथ उक्त कार्यक्रम जनकपुरधाममा समप्न गरिएको छ।
कार्यक्रममा मधेस प्रदेशको आठौं जिल्लबाट करिब १५० जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू सहभागी भएका थिए । कार्यक्रम बजरंग चौकबाट रैली निकाल्बादै बाह्रबिघा हुँदै जनकी मन्दिरको प्राङ्गणमा परिणत गरिएको छ । सो कार्यक्रममा सुनौलो बिहानी संस्था लगायत पहिचान नेपाल,सप्तरङी नेपाल,जीवन ज्योति समाज,सहयात्री समाज नेपाल,सहयोगि समाज र चौतरी नेपाल लगायत विभिन्न संगसंस्थाको सहभागिता थिए ।


के हो प्राइड मन्थ?

यस बिषयमा प्रदीप यादवले भने विश्वभरिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र उनीहरूका सहयात्रीले जुन महिनालाई प्राइड मन्थका रूपमा मनाउँछन्। यो महिनामा कैयौँ जुलुस र प्रदर्शनहरू हुने गर्छन्।


जुन महिना नै किन छानियो?

यस बिषयमा सुनौलो बिहानी संस्थाका कार्यक्रम संयोजक सत्यनारायणले भने जुन महिनालाई नै प्राइड मन्थ छान्नुको कारण लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारको आन्दोलनसँग जोडिएको इतिहास हो।

सन् १९६९ को जुन महिनामा अमेरिकाको न्यूयोर्क राज्यस्थित स्टोनवालमा समलिङ्गी पुरुषहरू र प्रहरीबीच झडप हुँदा दङ्गा भड्किएको थियो। बीबीसी न्यूजराउन्डका अनुसार सन् १९६९ जुन २८ मा ‘स्टोनवाल इन’ नामक एउटा बारमा प्रहरीले छापा मारेको थियो।
उक्त बार न्यूयोर्कका समलिङ्गी पुरुषहरूको बसोबास क्षेत्रमा रहेको थियो। प्रहरीले करिब २०० मानिसलाई सडकमा निकालेर कुटेको थियो। त्यसले समलिङ्गी समुदायलाई आक्रोशित बनायो र उनीहरू पनि प्रहरीमाथि जाइलागे।

उक्त घटनापछि त्यहाँ साताभरि प्रदर्शन भए र त्यो समाचार सबैतिर फैलियो।त्यसपछि अधिकारवादी समूहहरू पनि प्रदर्शनमा मिसिन पुगे र त्यसको एक महिनापछि न्यूयोर्कमा समलिङ्गीहरूले समानताको माग गर्दै खुला रूपमा पहिलो जुलुस निकाले।जुन महिनामा उक्त घटना भएको र त्यसपछि समलिङ्गीलगायत यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारका लागि अभियानहरू सुरु भएकाले जुन महिनालाई प्राइड मन्थका रूपमा छानिएको हो।


प्राइड परेडमा के हुन्छ?

यस बिषमा प्राइड परेड रैलीमा आएका सुशिलाले भने प्राइड परेडमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले आफ्नो पहिचान खुलाएर सडकमा आउने गर्छन्।उनीहरूले आफ्नो समूहको प्रतिनिधित्व गर्ने झन्डा, ब्यानर र पोसाक लगाएका हुन्छन्।
जस्तो कोही व्यक्ति शारीरिक रूपमा पुरुषका रूपमा जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाको रूपमा मान्छ भने उक्त व्यक्ति परेडमा महिला बनेर आउँछ।नेपाली समाजमा कैयौँ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले अहिले पनि दोहोरो जीवन अर्थात् आफ्नो पहिचान लुकाएर बस्नुपर्ने बाध्यता रहेको बताइन्छ।तर प्राइड परेडका दिन यस्ता व्यक्तिहरू पनि खुलेर बाहिर आउने गर्छन्।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -