शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...

राेट्याक्ट क्लब बीरगन्जद्वारा कलैया...

बीरगन्ज,१६ चैत । राेट्याक्ट क्लब अफ बीरगन्ज मेट्राेपाेलिसले कलैया प्रादेशिक अस्पतालमा स्वास्थ्य उपकरणका...

विशेष अदालतले थाल्यो अनलाइनबाटै...

काठमाडौं,१६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ ।...

परीक्षा बोर्डले एसईईको...

काडमाडौं,१६ चैत । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरिएका...
23.1 C
Kathmandu
34.8 C
Birgunj

७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१४ असार । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जुन कुल स्थानीय तहको ३३.६ प्रतिशत मात्र हो । बाँकी ५०० स्थानीय तहले हालसम्म बजेट ल्याउन सकेका छैनन् ।

- Advertisement -

संविधानतः आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको असार १० गतेभित्र ल्याइसक्नुपर्ने कानुनी व्यवस्था छ । तर, विभिन्न कारण देखाई स्थानीय तहले तोकिएको समयमा बजेट नल्याएका हुन् । चालु आर्थिक वर्षमा पनि झण्डै एक दर्जन स्थानीय तहले बजेट नै ल्याउन सकेनन् ।

बजेट ल्याउने र कार्यान्वयन गर्ने पक्षमा सबैभन्दा कमजोर मधेश प्रदेश देखिएको छ । आगामी आर्थिक वर्षका लागि हालसम्म मधेश प्रदेशका जम्मा ३० वटा (२२.१ प्रतिशत) स्थानीय तहले मात्र बजेट ल्याउन सकेका छन् । बाँकी ७७.९ प्रतिशतले बजेट ल्याउन सकेका छैनन् । कुल ७५३ स्थानीय तहहरु मध्ये मधेश प्रदेशमा १३६ पालिकाहरु रहेका छन् ।

- Advertisement -

यस्तै, प्रदेश १ बाट हालसम्म ५१ स्थानीय तहले बजेट ल्याइसक्दा ८६ वटाले ल्याउन सकेका छैनन् । बागमती प्रदेशबाट कुल ११९ स्थानीय तहहरुमध्ये ३९ वटाले बजेट ल्याउँदा ८० वटा तहले ल्याएका छैनन् ।
गण्डकी प्रदेशबाट ४४ वटा स्थानीय तहले बजेट ल्याउँदा ४१ वटाले ल्याएको छैन ।

लुम्बिनी प्रदेशबाट ३९ वटा तहले बजेट ल्याउँदा ७० वटाले बजेट ल्याएका छैनन् । यस्तै, कर्णाली प्रदेशका ७९ स्थानीय तहहरु मध्ये २३ वटा तहले बजेट ल्याउँदा ५६ वटाले ल्याउन सकेका छैनन् । यसैगरी सुदूरपश्चिम प्रदेशबाट २७ वटा स्थानीय तहले बजेट ल्याउँदा ६१ वटाले ल्याउन नसकेको मन्त्रालयले जनाएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार