26.1 C
Kathmandu
Wednesday, August 17, 2022
Date
बुध, भदौ १, २०७९
Wed, August 17, 2022
26.1 C
Kathmandu
33.4 C
Birgunj

उधारो कारोबार गरी रकम नतिरेर फरार भएका व्यक्ति पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१७ असार । उधारो कारोबार गरी रकम नतिरेर फरार भएका एक व्यक्तिलाई बीरगन्ज प्रहरीले पक्राउ गरेको छ । पर्साको बीरगन्ज महानगरपालिका–१ घर भएका ४९ वर्षीय दशरथ ठाकुर हजामलाई प्रहरीले पक्रेको हो ।

- Advertisement -

उनी चितवनको भरतपुर महानगरपालिका–४ स्थित गढीमाई सप्लायर्सका सन्चालक हुन् । उनीविरुद्ध कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं.४ बस्ने तिलकराम गुप्ताले उधारो कारोबार गरी फरार रहेको भनी उजुरी गरेका थिए ।

- Advertisement -

गुप्ताले सञ्चालन गरेको मारुती नन्दन एग्रो इण्डष्ट्रिज प्रा.लि.बाट ठाकुर हजामले ४५ लाखको उधारो कारोबार गरी फरार रहेको आरोप छ । ठाकुर हजामलाई उच्च अदालत पाटन हेटौंडा इजलास, संयुक्त वाणिज्य इजलासले २०७६ असार ७ गते १२ लाख २६ हजार जरिवाना र ७ कैद तोकेको थियो । तर उनी फरार भएका कारण अदालतको फैसला कार्यान्वयन हुन सकेको थिएन ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले असार १५ गते साँझ ७ बजे बीरगन्ज–१ छपकैयाबाट हजाम ठाकुरलाई पक्राउ गर्न सफल भएको थियो । असार १७ गते उनलाई पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -