26.1 C
Kathmandu
Wednesday, August 17, 2022
26.1 C
Kathmandu
33.4 C
Birgunj

निजगढ पुगेका प्रधानमन्त्री सहितका शिर्ष नेताहरुको बिमान स्थल बनाउनु पर्नेमा जोड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१८ असार – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बाराको निजगढ पुगेर अन्तराष्ट्रिय विमानस्थल बनाउनु पर्ने कुरामा जोड दिएका छन् । बताएका छन् । शनिबार बिहान नेपाली शेनाको हेलिकप्टरले निजगढ पुगेका गठबन्धनका शिर्ष नेताहरुले सर्वोच्च अदालतले निजगढ विमानस्थल बनाउन कुनै अड्चन खडा नगरेको बताउँदै छिटोभन्दा छिटो विमानस्थल निर्माणको काम सुरु गर्नुपर्ने बताएका हुन् ।

- Advertisement -

नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि निजगढ उपयुक्त स्थान भएकाले प्रक्रिया पु¥याएर निर्माण कार्यलाई अगाडी बढाउने पर्ने बताए ।
प्रधानमन्त्री देउवाले बिमान स्थलमा दुईवटा रण वे बनाइने र त्यसका लागि विज्ञसँग छलफल भइरहेको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निजगढ विमानस्थल देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सक्ने प्रोजेक्ट भएको बताए । उनले फास्ट ट्र्याक पनि निजगढ एयरपोर्टसँग जोडिएको भन्दै यदि निजगढ एयरपोर्ट बनाउने प्रक्रिया समयमा अगाडि बढेन भने अर्बौं लगानी गरिएको फास्ट ट्र्याकको औचित्य नहुने बताए । ‘त्यस दृष्टिले पनि हामीले निजगढ एयरपोर्टलाई बुझ्न जरुरी छ ।

- Advertisement -

नेकपा एकीकृत माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्च अदालतको फैसलाको पूर्णपाठबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । ‘आदेशमा हवाइ उडानलाई व्यवस्थित, भरपर्दो, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नेपालमा आवश्यक रहेको ठहर गरिएको छ । यो बनाउनका लगि सबै क्षेत्रका विज्ञ रहेको विशेषज्ञ समूह बनाई तिनीहरुबाट अध्ययन गराई कुन ठाउँको कति क्षेत्रफलको कति क्षमताको विमानस्थल बनाउनुपर्ने हो, वातावरणीय क्षति कम हुनेगरी प्राविधिक दृष्टिकोणले उपयुक्त स्थानमा विमानस्थल बनाउन भनेर आदेश आएको छ’, नेपालले निजगढमा आयोजित कार्यक्रममा भने ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सकभर पुराना बस्ती जोगाएर निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने बताए । ‘पुराना बस्तीलाई सकभर जोगाउने गरी अगाडि बढौं। त्यो जोगियोस्। सयौं वर्षदेखि बसोबास भएका बस्तीहरू छन् भने त्यसलाई जोगाउने गरी पनि अगाडि बढाउने। ती सबै गरेर पनि यो ठाउँमा विमानस्थल बन्न सक्छ, बनाऔं’, उनले भने ।

उनले विमानस्थल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए। सहयोग नगरे विमानस्थल नबन्ने भन्दै उनले त्यस्तो स्थितिमा मुलुकको नोक्सान हुने बताए । ‘आउने पुस्ताको पनि नोक्सान हुन्छ। बनाउने कार्यलाई अगाडि बढाऔं। यही ठाउँमा बनाऔं। नोक्सानलाई न्यूनीकरण गर्दै अगाडि बढौं’, उनले भने ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवासहित राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत नेताहरु दलबलका साथ बाराको निजगढ पुगेका थिए । प्रधानमन्त्रीहरुले निजगढ पुगेर बिमान स्थल निर्माण कार्य छिटै अगाडी बढाईने बताएपछि बारावासी हर्षित भएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -