25.1 C
Kathmandu
Friday, September 30, 2022
24.1 C
Kathmandu
31.7 C
Birgunj

स्कुलहरुले मनोमानी शुल्क बढाएको भन्दै अभिभावकहरु सडकमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१८ असार – निजि बिद्यालयहरुले मनोमानी शुल्क बढाएको भन्दै बिरोध गर्दै आएको अभिभावक सघर्ष समितिले शनिवार बीरगन्जमा प्रदर्शन गरेको छ । बीरगन्जको घण्टाघरमा जम्मा भएका अभिभावहरुले स्कुलहरुको मनोमानी शुल्क बढाएको भन्दै बिरोध उत्रिनु परेको बताए । बिभिन्न नारा लेखिएको व्यानर,पोष्ट तथा प्ले कार्ड बोकेर घण्टाघरमा जम्मा भएका अभिभावकहरुले अभिभावक सघर्ष समितिको अगुवाईमा ¥याली निकाउनुको साथै नाराबाजी गर्दै प्रदर्शन गरेको छ ।
संघर्ष समितिका संयोजक सन्दिप कुमार साहको नेतृत्वमा बीरगन्ज घण्टाघरबाट निस्केको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पछि पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

- Advertisement -

निजी विद्यालयले आफ्नो फाइदाका लागि वर्षैपिच्छे किताब परिवर्तन गर्ने, किताब किन्न पनि तोकिएको पसलबाट मात्रै लिनु पर्ने लगायतको व्यवस्थाले अभिभावकलाई आर्थिक भार थोपर्ने काम गरेको अभिभावकको आरोप छ । अहिले निजी विद्यालयले खेलकुद, बसभाडा, धरौटी लगायत विभिन्न शीर्षकमा अभिभावकसँग रकम असुल्ने गरेको छ ।

- Advertisement -

यतिमात्रै नभई बार अनुसारको विद्यालय पोशाकको व्यवस्था गरेर पोशासकबाटै कमिशन लिने गरेको संघर्ष समितिका संयोजक साहले आरोप लगाएका । गुणस्तरीय शिक्षा भन्दै विभिन्न शीर्षकमा रकम असुल्न यहाँ नाम चलेकै निजी विद्यालयहरु अग्रस्थानमा रहेको अभिभावक मुन्ना समानी बताउँछन् ।

यस अघि समितिले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई भेटेर ज्ञापन पत्र बुझाउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -