26.1 C
Kathmandu
Wednesday, August 17, 2022
26.1 C
Kathmandu
33.4 C
Birgunj

सांसद डीला संग्रौलाको प्रश्न, ‘किसानले मल कहिले पाउँछन् ?’

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद डा. डीला संग्रौलाले किसानले मल अझै पाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्र्रौलाले मानो रोपेर मुरी उमार्ने बेलामा सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको उल्लेख गर्दै आक्रोश व्यक्त गरेकी हुन् ।

- Advertisement -

उनले किसानले मल कहिले पाउँछन ? त्यसबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरिन् । सांसद संग्रौलाले बाढी, पहिरो पीडितहरुलाई राहत दिने तथा उद्दार गर्ने र प्रकोप न्यूनिकरणका सम्बन्धमा सरकारले के गरिरहेको छ नि जिज्ञासा समेत राखिन् ।

- Advertisement -

उनले भनिन्, ‘अहिले देशभरी नै बाढी, पहिरोका कारण जनजीवन आक्रान्त छ । बाटोघाटो अवरुद्ध छन । कतिपय क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ । मानो रोपेर मुरी उमार्ने बेला किसानले मल पाएका छैनन्, सभामुख महोदय । सरकारको ध्यान अन्यत्र मोडिएजस्तो देखिन्छ ।’

उनले थपिन्, ‘किसानले मल पाउँछन कि पाउँदैनन ? पाए भने कहिले पाउँछन् ? सदनलाई जानकारी गराउन र बाढी पहिरो पीडितहरुको राहत, उद्दारका साथै प्रकोप न्यूनीकरण गर्न सरकारले के गरिरहेको छ ? त्यसबारे जानकारी गराउन माग गर्दछु ।’

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -