21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि सुरक्षामा कडाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ साउन – ज्यान मार्ने धम्की आएपछि सलमानले आफ्नो ज्यानको सुरक्षामा कडाइ गरेका हुन् । धम्की आएपछि बलिउड सुपर स्टार अभिनेता सलमान खान बुलेट प्रुफ गाडीमा हिँड्न थालेका छन् । अब उनीसँग बन्दुकधारी गार्डसहित बुलेटप्रुफ गाडीको सुरक्षा सुमेत हिडने गरेका छन् ।

- Advertisement -

सलमानलाई पन्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपित ग्याङस्टर लरेन्स बिश्नोईले मार्ने धम्की दिएका थिए । मुसेवालको हत्याको केसमा सोधपुछ गर्ने क्रममा लरेन्सले सलमानलाई मार्नका लागि एकजनालाई सुपारी दिएको र उक्त व्यक्ति मुम्बईसम्म पनि पुगेको बताएका थिए ।

त्यसपछि मुम्बई प्रहरीले सलमानको सेक्युरिटी बढाएको छ । हालै मात्र पनि सलमान र उनका बुबा सलीम खानको नाममा धम्कीपत्र आएको थियो । यो धम्कीपछि सलमानले मुम्बई प्रहरीका कमिश्नरलाई भेटेर आत्मसुरक्षाका लागि हतियार लाइसेन्सको अनुमति मागेको खबर आएको थियो ।

अहिले सलमान सेतो बुलेटप्रुफ ल्यान्ड क्रुजरमा हतियारधारी सुरक्षागार्डसहित हिँड्छन् । यसअघि सलमान ल्यान्ड रोवरमा सवार हुन्थे ।

 

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -