25.1 C
Kathmandu
Friday, September 30, 2022
24.1 C
Kathmandu
31.7 C
Birgunj

अस्पतालको अवलोकनपछि इजरायलका राजदूतले भने- मेरो नेपाली नाम दीलबहादुर हो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ साउन – नेपालका लागि इजरायलका राजदूत हानन गोदेरले पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालको अवलोकन भ्रमण गरेका छन्। राजदूत गोदेर शुक्रबार बिहान अस्पतालमा पुगेर अवलोकन गरेका हुन्।

- Advertisement -

उनले अस्पतालको निर्माणाधिन विभाग तथा सेवाहरुका साथै उपकरण र अस्पतालले प्रदान गर्ने सेवाहरुका विषयमा जानकारी लिएका छन्। उनलाई अस्पतालका ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेज’ डा चक्रराज पाण्डेले अस्पतालका विषयमा जानकारी दिएका थिए।

- Advertisement -

अस्पतालको अवलोकनपछि राजदूत गोदेरले नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको बताए। उनले प्रविधि र सेवाको गुणस्तरका हिसाबले नेपालका अस्पतालहरु अन्तराष्ट्रियस्तरका अस्पताल सरह रहेको पनि जानकारी दिए।

‘यहाँ अवलोकन गरेपछि नेपालले स्वास्थ्य क्षेत्रम उल्लेख्य प्रगति गरेको कुरा देखिन्छ। पूर्वाधार, उपकरण तथा अस्पतालले दिइरहेको सेवालाई मैले हेर्ने अवसर पाएँ र यी सबै सेवाहरु अन्तर्राष्ट्रियस्तरको पाएँ,’ उनले भने, ‘आधुनिक चिकित्सामा आएको विकाससँगै नेपालले पनि सेवालाई अपग्रेट गर्दै लगिरहेको छ।’

उनले अस्पताललाई मानव शरीरसँग तुलना गर्दै जसरी मानिसका हरेक अंग महत्वपूर्ण छन् त्यसैगरी अस्पतालका हरेक विभागहरु पनि महत्वपूर्ण भएको जानकारी दिए।

राजदूत गोदेरले भने- मेरो नेपाली नाम दीलबहादुर हो
अस्पतालको अवलोकनपछि राखिएको अन्तर्क्रिया कार्यक्रममा राजदूत गोदेरले आफ्नो नेपाली नाम दीबहादुर भएको जानकारी दिए। उनले नेपाली लबजमै ‘मेरो नेपाली नाम दीलबहादुर हो’ भनेका थिए।

‘इजरायलमा मेरो नाम हानन गोदेर हो। तर नेपालमा मेरो नाम दीलबहादुर हो’ उनले भने।

राजदूत गोदरको नेपालमा यो दोस्रो कार्यकाल हो। यसअघि उनी १० वर्षअघि नेपालमा पहिलो पटक राजदूत भएर आएका थिए। उनले १० वर्षअघि र अहिलेको समयमा नेपालको स्वास्थ्य क्षेत्रमा तीव्र विकास भएको जानकारी दिए।

‘१० वर्षको अवधिमा नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको छ। यहाँको स्वास्थ्य क्षेत्रमा १० वर्षमा प्रगति धेरै भएको मैले देख्न पाएँ,’ उनले भने, ‘१० वर्षको अवधिमा नेपालीको औषत आयू बढेको छ। अंकमा हेर्दा थोरै प्रगति देखिएपनि समग्रमा यसले धेरै सुधारका संकेत देखाउँछ।’

राजदूत गोदेरले नेपाल र इजाराइलको सम्बन्ध निकै पुरानो भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा पनि दुईदेशबीच सहकार्य भइरहेको र त्यसलाई थप बढाउने जानकारी दिए। ‘शिक्षा र कृषिसँगै स्वास्थ्य क्षेत्रमा पनि इजरायलयले नेपालसँग सहयोग र सहकार्य गर्दै आइरहेको छ,’ उनले भने, ‘हाम्रो यो सहकार्य र सहयोग आगामी दिनमा झन् बढाउने छौं।’

कार्यक्रममा अस्पतालका नवराज पाण्डेले अन्तर्राष्ट्रियस्तरको उपचार सेवा दिनका लागि नै फ्रन्टलाइन अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए। ‘अत्याधुनिक प्रविधि र विश्वस्तरीय सेवा दिने योजनाका साथ फ्रन्टलाइन अस्पताल सञ्चालनमा आएको हो,’ उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि अस्पतालले अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिमा जोड दिएको छ।’

अस्पतालका चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेज’ डा चक्रराज पाण्डेले अस्पतालले हाल दिइरहेको सेवा र भविस्यमा थपिने सेवाका बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले नेपालको चिकित्सा क्षेत्रमा भइरहेको विकाससँगै स्वास्थ्य प्रविधिमा आइरहेका नयाँ नयाँ विकासले उपचारमा सहजता आइरहेको जानकारी दिए। स्वास्थ्य खबर पित्रकाबाट

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -