29.1 C
Kathmandu
Thursday, August 11, 2022
28.1 C
Kathmandu
35.5 C
Birgunj

जनकपुरधाममा संघीयता खारेजीको माग गर्दै राप्रपाको विरोध प्रदर्शन

सिफारिस

जनकपुरधाम, साउन १९ । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुधबार जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।

- Advertisement -

नागरिकता विधेयक, एमसिसी र संघीयता खारेजीलगायत माग राख्दै राप्रपा निकट युवा संगठनले विरोध प्रदर्शन गरेको हो ।

- Advertisement -

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रनुपरेको संगठनका युवा नेता मुन्नु झाले जानकारी दिए ।

प्रदर्शनका सहभागीले ‘हिन्दू राष्ट्र कायम गर, राजसंस्था कायम गर, मलखाद उपलब्ध गर, महँगी नियन्त्रण गर’जस्ता नारा लगाउँदै नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूले हिन्दू राज्य कायम हुनुपर्ने, राजसंस्था पुर्नवहाली गर्नुपर्ने, महँगी, अपराध र भ्रष्टाचार नियन्त्रण हुनुपर्ने माग गरे ।

राप्रपाले यसअघि असार १ गते महँगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजीलगायत माग राखेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रको बेवास्ता गरेको भन्दै रापप्राले असार १७ गते देशैभरि राँके जुलुससमेत गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -