29.1 C
Kathmandu
Thursday, August 11, 2022
28.1 C
Kathmandu
35.5 C
Birgunj

सखुवा प्रसानौ गापा: आर्थिक भार कम गर्ने बहानामा करारका कर्मचारी हटाएर आफनो आसेपासेलाई नियुक्ती गर्ने बाहाना गरेको भन्दै कर्मचारी आन्दोलित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा । आर्थिक भार कम गर्ने बहानामा करारका कर्मचारी हटाएर आफनो अनुकुल आसेपासेलाई नियुक्ती गर्ने प्रकृया अगाडी बढाउँन थालेपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकाका २४ जना करारका कर्मचारी आन्दोलित बनेका छन । तीन, चार बर्षदेखि कार्यालयले तोकेको पदमा काम गर्दै आएकोमा स्थानिय निकायको चुनाव पश्चात नवनिर्वाचित गाउँपालिका अध्यक्षले ती कर्मचारीलाई हटाएपछि आन्दोलित बनेका हुन ।

- Advertisement -

कर्मचारीहरुको समूहले पिडित करार कर्मचारी सघर्ष समिति नै गठन गरेर बिहिबार प्रमुख जिल्ला अधिकारी सहित सम्बन्धीत निकायलाई ज्ञापन पत्र समेत बुझाएका छन । उनीहरुले आफुहरुको सम्झौता अवधि थप्नुपर्ने र हाजिरी गर्न दिनुपर्ने माँग राख्दै प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, जिल्ला समन्वय समितिका अध्यक्ष अजय सर्राफ र पूर्व मन्त्री एवं नेपाली काँग्रेसका प्रभावशाली नेता सुरेन्द्र चौधरीलाई ज्ञापन पत्र बुझाउँदै आफूहरुको सम्झौता अवधि थप्नुपर्ने र हाजिरी गर्न दिनुपर्ने माँग अघि सारेका छ ।

- Advertisement -

शनिबार सम्म संघर्ष समितिले उठाएको माँग पुरा नभए आईतबार देखि चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत सघर्ष समितिका संयोजक अभ्यास राउत कम्करले दिए । उनले गाउँपालिका अध्यक्ष जसवन्त यादवमाथि राजनीतिक प्रतिशोध साध्न र आफ्ना आफन्तलाई नियुक्त दिनको लागि २४ जना करारका कर्मचारीहरुको सम्झौता अवधि नथपि हाजिरी गर्न नदिएको आरोप लगाए । उनले भने, ‘हामीलाइ पटकपटक दबाब दिइयो, काम गर्ने वातावरण भएन । हामीमाथि अन्याय गरियो ।’

गाउँपालिकामा नयाँ नेतृत्व आएसँगै करारका कर्मचारीलाई काम गर्न नदिने वातावरणको सृजना गरी राजीनामा दिन दबाद दिइएको संघर्ष समितिका सचिव उपेन्द्र पासवानले पनि आरोप लगाए । उनले भने, बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म कार्यालयमा पियुनको काम गर्दै आएका थिए, मेरो के गल्ती थियो, अध्यक्ष ज्यूले सम्झौता अवधि थप्नु भएन । मेरो बालबच्चालाई कस्ले पालनपोषन गर्छ, दुखेसो पोखे ।

आ–आफ्नो काम जिम्मेवारीपूर्ण ढंगले निर्वाह गर्दा पनि ३१ असार २०७९ मा गाउँपालिकाले फेसबुक पेजमा सूचना प्रकाशीत गरेर कराकरका कर्मचारीलाई साउन १ गतेभित्र कार्य सम्पादन मूल्यांकन फाराम भरेर बुझाउन निर्देशन दिनुले करारका कर्मचारी हटाउन खोजेको स्पष्ट भएको उनको भनाइ छ । हतारहतारमा कर्मचारीले फारम भरेर बुझाएपछि पनि करार नविकरणपछि हाजिरी गराउने भन्दै हाजिरीसमेत गर्न नदिएको संघर्ष समितिले बुझाएको ज्ञापन पत्रमा पनि उल्लेख छ ।

१८ जना करारका कर्मचारीद्वारा हस्ताक्षरीत ज्ञापन पत्रमार्फत करार सम्झौताको म्याद थप नगर्ने अन्यायपूर्ण कार्य बन्द गरी करार सम्झौता नविकरण गर्न माग गरिएको छ । सोही पदका लागि आह्वान गरिएको नयाँ विज्ञापन रद्द गर्नुपर्ने मागसमेत समेत उनीहरुले राखेका छन् । संघर्ष समितिका संयोजक कम्करले भने, ‘गाउँपालिकाका अध्यक्ष यादव ज्यूले आर्थिक भार कम गर्न करारका कर्मचारीहरुको सम्झौता नगरेका भन्दै हुनुहुन्छ, तर उनले स्वंय २७ जना करारका कर्मचारी नियुक्तको लागि निवेदनको आहवान गर्नुभएको छ के त्यो आर्थिक भार हुदैन ।’

उनले अध्यक्ष यादवको नियत ठिक छैन, राजनितिक प्रतिशोध साधनको लागि नै हाम्रो करार अवधि सम्झौता नविकरण गर्न नदिएको आरोप लगाए । गाउँपालिका अध्यक्ष जसवन्त यादवले भने गाउँपालिकाको आर्थिक भार कम गर्न खोज्दा विरोध गरेको बताए । अध्यक्ष यादवले भने, “स्थानीय तहको चुनाव हुनुभन्दा ३ महिना अघिसम्म १२ जना कार्यालय सहयोगी थिए । जबकी गाउँ कार्यपालिकाको कार्यालयमा त्यति धेरै कार्यालय सहयोगी आवश्यक नै छैनन् । त्यस्तै ५ जना सामाजिक परिचालक कुनै काम नहुँदा पनि नियुक्त दिइएको छ ।

यसले गाउँपालिकालाई आर्थिक रुपमा भार परीरहेको छ ।” सबै करारका कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकनका आधारमा ८० प्रतिशतभन्दा बढी भएकालाई राखिएको र अरुलाई ३० गतेसम्म दैनिक ज्यालादारीमा राखिएको अध्यक्ष यादवको भनाई छ । उनले भने, ‘यदि राजनीतिक प्रतिशोध नै राख्ने हो भने हाम्रै पार्टीका कार्यकर्ताहरु हुनुहुन्छ, कति धेरै जनाले नियुक्ती दिनुहोस् भनिरहनुभएको छ ।’

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -