शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...

रूसी सेनामा रहेका नेपालीका...

काठमाडौँ,०७ वैशाख । रूसी सेनामा रहेका नेपालीहरुका परिवारले धर्ना सुरु गरेका छन् ।...
25.1 C
Kathmandu
34.8 C
Birgunj

निर्वाचन घोषणा भएसँगै पर्सामा उम्मेदवारी घोषणाहरुको लर्को

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२० साउन – निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेसँगै पर्सा जिल्लामा उम्मेदवारी घोषणा गर्नेहरुको लर्को लागेको छ । देशको कुनै पनि पार्टीले हाल सम्म उम्मेदार तथा उम्मेदवारीबारे पार्टी भित्र छलफल नगरेको भएपनि नेताहरुले आफु खुशी उम्मेदवारी घोषण गरी रहेका छन् ।

- Advertisement -

निर्वाचनको मिति घोषणा भएको दिन देखि नै नेताहरु धामाधम आफु खुशी उम्मेदवारी घोषणा गरी रहेका छन् । पर्सामा हाल सम्म निर्वाचन घोषणाका भएदेखि हाल सम्म एक दर्जन भन्दा बढीले उम्मेदवारी घोषणा गरी सकेका छन् ।

निर्वाचन घोषणासँगै आ–आफ्नो क्षेत्रमा नेताहरुले सक्रियाता बढाएको छ भने आफु खुशी उम्मेदवारी घोषणा गर्ने,पार्टी परिवर्तन गर्ने, बारगेन्ङ्गि गर्ने तथा पार्टी प्रवेश लगायतका लगायतका क्रियाकलापहरुमा सक्रिय भएका छन् ।

- Advertisement -

पर्सामा हाल सम्म रमेश रिजाल, अजय चौरसिया,जनार्धन सिंह क्षेत्री,राजकुमार गुप्ता,मुकेश द्विवेदी,प्रेमबावु पटेल,निरञ्जन मिश्रा, ओमप्रकाश सर्राफ,रुपेशमान सिंह,लखनलाल गुप्ता सहित दर्जन भन्दा वेसी नेताहरुले समाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गरेका छन् । नेपाल सरकार मन्त्री परिषद्को बैठकले मंसिर ४ मा एकै चरण निर्वाचन गर्ने घोषणा गरपछि निर्वाचन आयोगले पनि मन्त्री परिषद्को निर्णयलाई ग्रिन सिग्नल दिएको थियो । निर्वाचन आयोगले एक बिज्ञप्ती प्रकाशित गरी निर्वाचनको यहि सालको मंसिर ४ गते आइतवार एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेको छ । आयोगसँग परामर्श गरेर मन्त्री परिषद्को बैठकले निर्वाचन मिति तोकेको नेताहरुको भनाई छ ।

निर्वाचनको मिति तोकिएसँग आयोग निर्वाचनको तयारीमा जुटेको छ । यता दलहरुले पनि निर्वाचन केन्द्रित गतिबिधिहरुलाई बढाएको छ ।
पर्सा सहितका मधेश प्रदेशका जिल्लाहरुमा पार्टीको अनुशासन बिपरित धमाधम उम्मेदावरीहरु घोषणा भइरहेका छन् । पर्सामा एउटै पार्टीका नेताहरुले एक ठाउँ उम्मेदावरी दावी गरी रहेका छन् । कतिपय नेताहरुलाई पार्टीमा टिकट पाउँने सम्भावना निकै न्युन रहेको भएपनि चर्चाको लागि मात्र भएपनि हतारमा उम्मेदावरी घोषणा गरेका छन् ।

नेपाली कांग्रसका केन्द्रिय सदस्य रमेश रिजाल पर्सा क्षेत्र नं. ४ बाट संसदीय चुनाव लडने घोषणा गर्नु भएको छ । त्यसैगरी अर्का केन्द्रिय सदस्य अजय चौरसिया पनि पर्सा क्षेत्र २ बाट संघिय सांसदमा चुनाव लडने घोषण गर्नु भएको छ ।

सरकारमा सहभागी दलका बरिष्ठ नेताहरुले संघ र प्रदेशको निर्वाचनमा गठबन्धन जारी नै रहने भनेकाले सरकारमा सहभागी दलका नेताहरुलाई सिट संख्या अपुग हुने निश्चित रहेको राजनितिक विश्लेषकहरुको भनाईछ । पर्सा जिल्लामा नेपाली कांग्रेस र जसपाका नेताहरुले सबै भन्दा बढी उम्मेदवारी दावी गरेका छन् ।

पर्टीले नेताहरुलाई कुनै उम्मेदवारी वारे कुनै ग्रिन सिग्नल नदिएको भएपनि नेताहरुले आफु खुशी उम्मेदवारी घोषणा गरेका छन् । यो घोषणाको कुनै अर्थ नरहने पार्टीका ठूला नेताहरुको भनाई छ । यता स्थानिय तहको निर्वाचनमा लोसापले धोका दिएपछि बीरगन्ज महानगरपालिकाको उमेयरमा स्वतन्त्र रुपमा निर्वाचन लडेर हारेकी रम्भा मिश्रा एक दिन अघि नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार