बीरगन्ज,२० साउन – धान रोपाएका बेला डिएपी नपाएर ठूलो सास्ती भोगेका किसान अहिले युरिया मल नपाएर सास्ती भोगी रहेका छन् । तर सरकारले हाल सम्म चाहिए जितिको मल उपलब्ध गराउन सकि रहेको छैन् । बिगत ४ महिना देखि कृषि समाग्री कम्पनीले किसानलाई मल दिन सकेको छैन् । साल्ट टेड्रिङ्ग कम्पनीले पछिल्लो पटक बितरण गरेको युरिया निकै सानो परिमाण थियो । त्यसबाट किसानहरुको काम चल्ने अवस्था छैन् ।
पछिल्लो पटक नेपाल सरकारले ओमानबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल मध्ये पहिलो खेपमा २५ सय मेटन अर्थात ५० हजार बोरा मल बिहीबार वीरगन्ज आइ पुगेको हो । तर सरकारी प्रक्रिया झन्झटिलो भएको कारण बितरण अझै हप्ता दिने लाग्न सक्ने कम्पनीका कर्मचारीहरुकै भनाई रहेको छ । किसानहरुलाई रोपाईपछि पहिलो लटमा दिनु पर्ने मल नपाएर सास्ती भइरहेको छ ।
कोलकत्ता बन्दरगाहबाट २५ सय टन मल बोकेर हिडेको रेल बिहीबार दिउसो वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) मा आइ पुगेको वीरगन्ज स्थित कृषि सामाग्री कम्पनि लिमिटेडको प्रादेशीक कार्यालय प्रमुख चन्द्र चौलागाँइको भनाई छ ।
नेपाल सरकारले ग्लोबल टेण्डर मार्फत ओमानबाट खरिद गरेको ३० हजार मेटन युरिया मल आपुर्तिको जिम्मा स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले लिएको छ ।
चौलागाइका अनुसार , कोलकत्ता बन्दरगाहबाटै थप २५ सय मेटन युरिया मल बोकेर हिडेको अर्को रेल भारतकै बाटोमा रहेको र अबको तीन चार दिन भित्रमा उक्त रेल पनि ड्राइपोर्टमा आइ पुग्नेछ । ओमानबाट खरिद गरिएको कूल ३० हजार मेटन युरिया मध्ये २२ हजार ५ सय मेटन मल वीरगन्जकै ड्राइपोर्ट नाका हुदै भित्रिनेछ भने बाँकी ७ हजार ५ सय मेटन मल विराटनगर नाका हुदै आउने चौलागाँइले जानकारी बताए ।
खरिद गरिएको सबै ३० हजार मेटन युरिया मल , ९ खेपमा गरेर नेपाल भित्रिने उनले बताए । सबै मल आउन अझै १५ दिन सम्म लाग्न सकने उनको भनाई छ ।
किसानहरुका अनुसार धानवालीमा दिने युरियाको पहिलो खेपा हाल्न ढिला भइसकेको छ । तर मल नपाउने अवस्था छ्र्रन् । धेरै व्लैकमा मल खरिद गरी काम चलाएका छन् । तर त्यो पनि पाउन मुश्लिछ । कृषि समाग्री कम्पनीका अनुसार नेपाल सरकारले अनुदानमा दिने सबै मल नेपाल आइपुगे अहिले राहत हुने छ । तर त्यसको लागि अझै किसानलाई कुर्नु पर्छ ।