काठमाडौँ,२१ साउन । बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीको पहिलो बैठक आज शनिबार बस्दैछ।
बैठकमा विविध एजेण्डामाथि छलफल हुने पार्टीले जनाएको छ । निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी अद्यावधिक गरे पनि यो पार्टीले अध्यक्षलगायत केन्द्रीय समिति अद्यावधिक गराउन बाँकीनै छ।
सो बैठकले संगठन निर्माणबारे विभिन्न निर्णय गर्नेछ। केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीबारे निर्णय लिनका लागि शनिबार बैठक बोलाइएको छ। यस्तै नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी पनि निर्णय गर्ने तयारी छ।