मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.9 C
Birgunj

भोजपुरीका चर्चित लेखक दिनेश गुप्ताको दुई पुस्तकको बिमोचन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२१ साउन – भोजपुरी भाषाका चर्चित लेखक दिनेश गुप्ताद्वारा लिखित “अब सुतल ठीक नइखे” (गजल संग्रह) र “हिरोशिमा” (हाइकू संग्रह) पुस्तकको बीरगन्जमा बिमोचन गरिएको छ । एक कार्यक्रमका बिच दुवै पुस्तकको बिमोचन मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले गरेका छन् ।

- Advertisement -

नेपाल भोजपुरी समाज बीरगन्जको आयोजनामा कलवार कल्याण समिति पर्साको सभाहलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री गद्दीले पुस्तक खोली दर्शक दिर्घमा पुस्तक प्रदर्शन गरी पुस्तकको बिमोचन गरेका थिए । नेपाल भोजपुरी समाज बीरगन्जको अध्यक्ष ध्रव सिंह ठकुरीको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता,प्रा.डा. दिपक शाक्य,साहित्यकार डा. हरेन्द्र हिमकर, उमाशंकर द्विवेदी,डा.विशम्भर शर्मा लगायतकाले आफ्ना शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

- Advertisement -

बिमोचन कार्यक्रममा दुबै पुस्तक तथा लेखक दिनेश गुप्ताको व्यक्तिको बिषयमा बीरगन्जका बरिष्ठ साहित्यकार एवं उद्योगपती गणेश लाठले प्रकाश परेका थिए । “अब सुतल ठिक नइखे” गजल संग्रहमा गुप्ताले ५१ वटा गजलहरु संग्रहित गरेका छन् भने “हिरोशिमा” हाइकू संग्रहमा २०१ वटा हाइकू समावेश गरेका छन् ।

संग्रहमा राजनितिक देखि समाजिक तथा श्रगार रसमा अधारित गजल तथा हाइकूहरु समावेश गरिएको लेखक गुप्ताले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले प्रदेश सरकार प्रदेश भित्र बोलिने सबै भाषाको बिकास गर्नका लागि गम्भीर रहेको कुरामा जोड दिए । मुख्यमन्त्री गद्दीले प्रदेश सरकार भाषा,कला,साहित्यको विकासका लागि एकाडेमी गठन गरी अगाडी बढने बताउँदै भोजपुरी भाषाको विकासको लागि अक्षयकोषको स्थापना गर्ने बताए ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका बिशिष्ट बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बीरगन्जको भाषा भोजपुरी रहेको र यो भाषा प्रति हाम्रो अघात प्रेम रहेको बताए । भोजपुरीको विकासमा बीरगन्जवासी चिन्तित नरहेको आफुले पाएको सिंहले बताए । बीरगन्ज महानगरपालिका भोजपुरी भाषाको विकासको लागि हर काम गर्न तयार रहेको चर्चा गर्दै त्यसको लागि अभियानीहरु के गर्नु पर्छ भनेर आउनु पर्ने उनले वताए ।

भोजपुरीलाई बढावा दिन बाहिरबाट आएकाहरुसँग पनि भोजपुरी बोल्नु पर्ने वताउदै मेयर सिंहले मधेश प्रदेशका सबैले भोजपुरी बुझ्ने गरेको भएपनि भोजपुरीलाई दबाव खोजिएको बताए । तर आफ्नो मातृभाषा पनि भोजपुरी रहेकोले भोजपुरी भाषा साहित्यको विकासमा आफु गम्भीर रहेको मेयर सिंहले भनाई थियो । बिमोचन कार्यक्रमको संचालन नेपाल भोजपुरी समाजका उपाध्यक्ष सलमा खातुनले गरेका थिए भने अथितीहरुलाई स्वागत समाजका सचिव राजेन्द्र सिंह राजपुतले स्वागत गरेका थिए ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -