शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
26.6 C
Kathmandu
22.7 C
Kathmandu
30.6 C
Birgunj

नगर प्रमुख साहद्वारा सामुदायिक भवन उद्घाटन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२१ साउन – बारामा सामुदायिक भवनको उदघाटन गरिएको छ ।  कलैया उपमहानगरपालिकाको नगरप्रमुख विनोद साह द्वारा वडा नम्वर ८ रामपुरमा शनिबार सामुदायिक भवनको उदघाटन गरिएको हो ।

- Advertisement -

सामुदायिक भवनको उदघाटन गर्दै नगरप्रमुख साहले सामुदायिक भवनमा केही छुट भएका निर्माण गर्नको लागि थप उपमहानगरको बजेटबाट २० लाख दिने प्रतिद्वता गरेका छन् ।

पुर्व वडाध्यक्ष डा अख्तर अंसारीले आफनो कार्यकालमा निजी लगानीमा सामुदायिक भवनको लागि ४ धुर जग्गा खरिद गरेका थिए ।

- Advertisement -

आर्थिक वर्ष ०७८/०७९ को नगरको ३० लाख र पुर्व वडाध्यक्ष अंसारीको निजी १४ लाखको लगानीमा ४ धुरमा २ तल्ले भवन निर्माण भएको हो ।

समाजमा रहेका गरिव असाहयहरुको घरमा हुने विवाह, व्रतबन्ध, भोजभतेरमा जमघट हुने समस्या हेरेर निजी लगानीमा जग्गा खरिद गरि सामुदायिक भवनको निर्माण गरिएको अंसारीले बताए । समाजमा निशुल्क रूपमा सो भवनको प्रयोग गर्ने उनले बताए ।

सामुदायिक भवन उदघाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नाथु साह, नेकपा एमालेका नेताद्वय अच्युत मैनाली, अध्यानन्द पाण्डे, वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -