शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

जनकपुरधाममा झुल्नोत्सवको रौनक

सिफारिस

जनकपुरधाम, साउन २२ । अहिले जनकपुरधामका विभिन्न मन्दिरको दृष्य सदाभन्दा फरक देख्‍न सकिन्छ। मन्दिरमा बेलुका साँझ भक्तजनको भीड बढ्दाे छ। किनभने साउनमा प्रत्येक मन्दिरमा रहेका देवीदेवताको मूर्तिलाई झुला झुलाउने परम्परा छ। यसैले पनि मन्दिरमा दृश्य फरक देखिन्छ।

- Advertisement -

जनकपुरधामस्थित प्रत्येक मठमन्दिरमा भजनकीर्तन गरी झुला महोत्सव मनाइने गरिन्छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि सनातन धर्मालम्बी मठमन्दिरमा झुला महोत्सव धुमधामकासाथ मनाइ रहेका छन्।

- Advertisement -

मिथिलाञ्चल क्षेत्र, भारतको बिहार राज्य, जनकपुरधामको जानकी मन्दिर, राममन्दिर, मटिहानीको लक्ष्मीनारायण मन्दिरलगायत धनुषा, महोत्तरी, सिराहा, सर्लाही जिल्लामा धुमधामसाथ झुलनोत्वसव पर्व मनाउने परम्परा छ। साउन शुक्ल तृत्तीयाबाट सुरु हुने झुलनोत्सव पूर्णिमासम्म प्रत्येक राति जारी रहन्छ। झुल्नोत्सवमा विशेष गरी भगवान् सीताराम र राधाकृष्णलाई झुलामा झुलाइने परम्परा छ।
यसका लागि जनकपुरधामस्थित जानकी मन्दिरदेखि देवीदेवताको प्रतिमा स्थापित प्रत्येक मठमन्दिरमा सिंहासन निर्माण गरी प्रतिमा राखेर झुलाउने परम्परा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउँछन्। यस उपलक्ष्यमा जनकपुरधामका मन्दिरहरुबीच उत्सवको प्रतिस्पर्धा नै देख्न सकिन्छ।
एकातर्फ भगवान् रामजानकी मन्दिरलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाँचगान, भजन कीर्तन र लोक कथा सुनाइने गरिन्छ। जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइन्छ।

जनकपुरधारममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दास गरेको बताइन्छ। दासको आगमनको समय सन् १७३० लाई मानिन्छ। त्यस समयमा जनकपुरधाममा विभिन्न मन्दिरको स्थापना भएको र उत्सवको सुरुवातसमेत भएको मानिन्छ। सुरकिशोर दास माता जानकीलाई पुत्री मान्दथे।
उनी कहिलेकाहीँ माता जानकीसँग कुराकानी गर्दथे र माता जानकीको सल्लाहमा आदि महन्थ सुरुकिशोर दासले यस उत्सवको प्रारम्भ गरेका हुन्। सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ बृन्दावनबाट झुलाको परम्परा जनकपुरधाममा आएको बताइन्छ।

धार्मिक पृष्ठभूमिमा आधारित यस गीतलाई समाजशास्त्रीय दृष्टिकोणले मनन गरे झुलाको प्रारम्भलाई संकेत गरेको बुझ्न सकिन्छ। साधुसन्त खुला चौर वा कुनै रुखको छहारीमा बास बसे पनि झोलामा श्रद्धाका साथ ल्याएका शालीग्रामलाई आसनमा राखी झुलाउने गर्दछन्।

मिथिलाञ्चलमा धान रोपेर समाप्त हुने बित्तिकै झुला उत्सवको रौनकता सुरु हुन्छ। यस क्रममा हरेक मठमन्दिरमा कजरी र मलार जस्तो धार्मिक महत्व झल्किने गीत सुन्न सकिन्छ।झुल्नोत्सवमा युवती झुलाको गीत गाउने र भगवान्‌को पूजाअर्चना गरेपछि भक्तजनलाई फूलपाती पञ्चामृत र नैवेध बाँड्ने परम्परा रहेको छ।

मिथिलाञ्चलको मठमन्दिरमा साउन महिनाभरी झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटी विधिवत् रुपमा सम्पन्न गर्ने धार्मिक परम्परा रहेको छ ।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार