25.1 C
Kathmandu
Friday, September 30, 2022
24.1 C
Kathmandu
31.7 C
Birgunj

बीरगन्जका १३ वटा सामूदायिक विद्यालय कालो सूचीमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २२ साउन । बीरगन्जका १३ वटा सामूदायिक विद्यालय कालो सूचीमा परेका छन् ।

- Advertisement -

बीरगन्जका १३ वटा सामूदायिक विद्यालयलाइ पटक पटक ताकेता गर्दा पनि एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक गर्न अटेर गरेकाे भन्दै विद्यालयहरूलाइ कालो सूचीमा राखिएको बीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

- Advertisement -

कालो सूचीमा पर्नेमा त्रिजुद्ध मा.वि, विद्यापिठ मा.वि, विश्वहिन्दु संस्कृति आधारभुत विद्यालय विद्यापीठ, सिन्दुरियामाई आधारभुत विद्यालय लक्ष्मणवा, मकतव इनर्वा, अपौनी, परवानीपुर, मनियारी, प्रसोतिपुरमा सञ्चालित आधारभुत विद्यालय रहेका छन् ।

यस्तै आदर्श बालविकास आधारभुत विद्यालय बेल्वा, मदर्सा इस्लामिया आधारभुत विद्यालय सुगौलिविर्ता, नेपाल रेडक्रस आधारभुत विद्यालय लक्ष्मीपुर वेल्वा, रामजानकी आधारभुत विद्यालय रामगढवा गरि ११ वटा विद्यालय कालो सूचीमा परेका हुन् ।

कालो सूचीमा परेका विद्यालय अहिले प्राप्त भएको कुनै पनि सुविधा, निकासा तथा अनुदानबाट बञ्चित हुने महानगरले जारी गरेको सूचनामार्फत चेतावनी दिइएको छ । प्रधानाध्यापकका कारण नै यस्तो अवस्था आएको भन्दै विद्यालयले प्राप्त गरिरहेको सुविधा कटौती भए स्वयं उनीहरु नै जिम्मेवार हुने सूचनामा उल्लेख छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -