25.1 C
Kathmandu
Friday, September 30, 2022
24.1 C
Kathmandu
31.7 C
Birgunj

नेपालमा एकैदिन ८४८ जनामा कोरोना पुष्टि, एकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

- Advertisement -

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६१९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

- Advertisement -

मन्त्रालयका अनुसार २ हजार ७२२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ९९ जना र २ हजार ८९७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ४९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४१ हजार ६८० पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५२ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार २५९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण १ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९० रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय २६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७६ हजार ६०९ पुगेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -