Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९ जनाको मृत्यु, अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु

spot_img

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा जानेहरुमध्ये अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । वैदेशिक रोजगार वोर्डका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको एकैवर्ष यति धेरैको मृत्यु यसअघि भएको थिएन ।

यसअघि अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा ठूलो संख्यामा नेपालीको मृत्यु विदेशी भूमीमा भएको थियो । सो वर्ष वैदेशिक रोजगारीमा गएकाहरुमध्ये १ हजार २४३ जनाले ज्यान गुमाएको वोर्डले जनाएको छ ।

त्यसभन्दा अघि आर्थिक वर्ष २०७१/७२ मा वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढीको मृत्यु भएको थियो । उक्त वर्ष एक हजार ६ जना नेपाली कामदारको मृत्यु खाडी राष्ट्र तथा मलेसियामा भएको थियो ।

पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुमध्ये १० हजार ९३२ जनाको मृत्यु भएको वोर्डले जनाएको छ । सो अवधिमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशका पुगेका थिए ।

गत आर्थिक वर्ष २०७८/७९ मा हालसम्मकै सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार गत आर्थिक वर्ष ६ लाख ३० हजार ९७ जना श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय