बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

दाइजोको निहुँमा पक्राउ...

बीरगन्ज,१५ चैत । बीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ...

बीरगन्जबाट दुहुना भैंसीसहित २०...

बीरगन्ज,१५ चैत । पर्साबाट प्रहरीले २० लाख भन्दा बढी मूल्यका सामानसहित पशुचौपाया नियन्त्रणमा...

पर्साबाट कैदीबन्दीसमेतले दिए एसईई...

बीरगन्ज,१५ चेत । पर्सा जिल्लाबाट पहिलो दिन ७ जना कैदीबन्दीहरुसमेतले माध्यमिक शिक्षा परीक्षा...

विद्युतीय सवारी सस्तो निर्यातमा...

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले विद्युतीय सवारी जस्ता उद्योगमा चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले...
19.1 C
Kathmandu
33.8 C
Birgunj

चोलेन्द्रलाई विगतको बयानमा हस्ताक्षर गराइँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३१ भदौ निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराइँदै छ । यससँगै नेकपा एमालेको माग अनुसार पुरक प्रश्न सोध्ने तयारी स्थगित गरिएको छ ।

- Advertisement -

जबरालाई पुरक प्रश्न सोध्न भन्दै आज बिहान समितिको बैठक बसेको थियो । आज बिहान ९ बजेदेखि नै पुरक प्रश्न गर्ने समिति सचिवालयले जनाएको थियो । सोही अनुसार अगाडि बढ्न खोज्दा जेष्ठ सदस्य रामबहादुर विष्टलाई एमाले सांसदहरुले रोकेका थिए ।

सुरुमा बिगतमा चोलेन्द्रले दिएको बयानमा समितिले गरेको अभिलेखमा उनलाई हस्ताक्षर गराउनुपर्ने माग एमाले सांसदहरुले राखे । त्यसपछि आवश्यक प्रमाण संकलन गर्नुपर्ने, थप कागजात मगाउनुपर्ने र त्यसपछि मात्र प्रश्नका सूची तयार पारेर पुरक प्रश्न सोध्ने गरी जानु प्रक्रियासंगत हुने माग एमालेले राख्यो । केहीबेर यसैमा छलफल भयो ।

- Advertisement -

अहिले प्रतिप्रश्न सोध्ने तयारी स्थगित गरेर महाअभियोग सिफारिस समितिले बिगतको बयानमा जबरालाई हस्ताक्षर गराउँदैछ । समितिका कर्मचारीहरुले विवरण पढिरहेका छन् भने त्यसमा जबराले आफूले बोलेको हो या होइन भनिरहेका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार