28.1 C
Kathmandu
Thursday, September 29, 2022
27.1 C
Kathmandu
32.9 C
Birgunj

बीरगन्जबाट दुई विदेशी नागरिक नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०५ असाेज । पर्साको बीरगन्ज नाकाबाट बिनाअनुमति नेपाल हुँदै भारत जाने क्रममा अर्जेन्टिनाका दुई नागरिकलाई मंगलबार बीरगन्जस्थित अध्यागमन कार्यालयबाट नियन्त्रणमा लिइएको छ ।

- Advertisement -

कार्यालयका अनुसार भारत जानुपूर्व अध्यागमन कार्यालयमा बाहिर जाने अनुमति लिन (स्ट्याम्प लगाउन) आएका एक महिला र एक पुरुषलाई नेपाल प्रवेश अनुमति नभएका कारण नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाइएको हो ।

- Advertisement -

नियन्त्रणमा लिएका नागरिकमा पासपोर्ट नं एएसी १८७५५८ भएको पब्लो ग्वस्ताभो लोहोज र पासपोर्ट नं एएजी ९५६४१६ भएको मेलानी डिसेरी डिफाजियो रहेको अध्यागमन कार्यालयले जनाएको छ ।

बिनाअनुमति ८६ दिन नेपाल बसेका उनीहरूलाई अध्यागमन विभाग पठाइएको वीरगञ्जस्थित अध्यागमन कार्यालयले जनाएको छ । उनीहरू भ्रमणका लागि सन् २०२२ जुन २७ मा भारतको सुनौली नाकाबाट विना अनुमति नेपाल प्रवेश गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -