बीरगन्ज । साउन २१ गते बीरगन्जबाट दिल्लीसम्मको १०६० किलोमिटर दूरी पैदल यात्रा शुरु गरेका शेख मून्नाले पत्रकार सम्मेलनमा आफूलाई वेवास्ता गरेको दुखेसो पाेखेका छन् ।
उनले बीरगन्जदेखि दिल्लीसम्मको १०६० किलोमिटर दूरी पैदल यात्रा हिडेर २२ दिनमा पूरा गरेका थिए ।
उनले दिल्लीसम्मको १०६० किलोमिटर दूरी तय गरेर ३९ दिन बीरगन्ज आईपुगेका थिए । बीरगन्जबाट पैदल यात्रा शुरु गर्दा बीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले विदाई गर्नुभएको थियो । आउने बेलामा भने उहाँलाई स्वागत गर्न बीरगन्जका विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु पुगेका थिए ।
उनले झण्डै ११ सय किलोमिटर पैदल हिडेर २२ दिनमा दिल्लीसम्मको यात्रा पूरा गरी विश्व किर्तिमान राखेपनि आफ्नै देशमा भने आफूलाई अपमान गरेको महशुस गरेको गुनासो पाेखे ।
बुधबार बीरगन्जमा पत्रकार सम्मेलन नै गरेर अमेरिका, फ्रान्स र भारतका नागरिकले पैदल हिडेर राखेको किर्तिमानी तोड्दा समेत राज्यका कुनैपनि निकाय र व्यक्तिहरुले बधाई समेत नदिँदा आफू अपमानित भएको बताए।
उनि पत्रकार सम्मेलनमा भावुक हुँदै भने ,
“मैले नेपालको नाम संसारमा राख्न , नेपाल र भारतको रोटी बेटीको सम्बन्धलाई बलियो बनाउँन, र सीमाक्षेत्रमा महिलाहरुले भोग्नु परेको घरेलु हिंसाको न्यूनीकरणका लागि पैदल हिडेर किर्तिमान कायम गर्दा समेत यो समाज र राज्यले अझै बेवास्ता गर्दा आफू नेपाली नागरिक हुनु नै दुर्भाग्य भएको अनुभूति भएको छ । मलाई अहिलेसम्म कुनैपनि राजनीतिक दलका नेता, मन्त्री, मुख्यमन्त्री त परै को कुरा मेरो महानगरको सरकारले समेत सोधेन दुःख लाग्यो ।”
उनले पैदल यात्रा गरेर नेपाल र भारतबीचको सम्बन्धलाई अझ बलियो बनाउन सहयोग पुर्याउन खोजेको, नेपाली चेलीहरुले भारतमा विवाह गर्दा भोग्नु परेको समस्या सामाधानका लागि सचेत गराएको र नेपालका मधेसीहरुलाई पनि गोर्खा भर्तीमा प्रवेश पाउनुपर्छ भन्ने सन्देश दिएको उनकाे भनाइ थियाे ।
भारतका सञ्चार माध्यमले समाचारहरु राम्रो सम्प्रेषण गरेपनि नेपाली सञ्चार माध्यमहरुले खासै महत्व नदिएको समेत गुनासो पैदल यात्री शेख मून्नाको रहेकाे थिायाे ।



