25.1 C
Kathmandu
Friday, September 30, 2022
24.1 C
Kathmandu
31.7 C
Birgunj

बीरगन्जमा राष्ट्रपतिको विरोधमा जसपाको प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०५ असाेज । नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा बीरगन्जमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइएको छ।

- Advertisement -

जनता समाजवादी पार्टी (जसपा) बीरगन्ज महानगर कमिटीले बुधबार दिउँसो राष्ट्रपति भण्डारी विरूद्ध प्रदर्शन गर्दै उनको पुतला दहन गरेको हो।

- Advertisement -

जसपा कार्यकर्ताले झण्डै आधा घण्टासम्म आदर्शनगरमा टायर बालेर प्रर्दशनसमेत गरेका थिए।

‘राष्ट्रपतिज्यूले संविधान मिचेर संसदीय व्यवस्था विरूद्ध प्रहार गर्नुभएको छ। उहाँले यसको ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। तराई, पहाड र हिमालका ५ लाख बढी युवालाई उहाँले नागरिकताबाट वञ्चित गर्नुभयो,’ जसपा महानगर अध्यक्ष ईश्वरचन्द्र यादवले बताए ।

यादवले राष्ट्रपति भण्डारीको असंवैधानिक कदमविरूद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्न दिउँसो ४ बजे बीरगन्जमा जसपाको बैठक बोलाइएको बताए।

बैठकमा जसपाका केन्द्रिय सदस्य, प्रदेशसभा सदस्य लगायतका नेताहरू सहभागी हुने जसपा महानगर कमिटी अध्यक्ष यादवले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -