26.1 C
Kathmandu
Thursday, September 29, 2022
27.1 C
Kathmandu
32.9 C
Birgunj

भारततर्फ लैजादै गरेकाे गाँजा सिमानाकाबाट बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कलैया,०५ असाेज । नेपालबाट भारततर्फ मोटरसाइकलमा हालेर लैजान लागिएको आधा क्विन्टल गाँजा सिमानाकाबाट बरामद भएको छ ।

- Advertisement -

भारत लैजान लागिएको उक्त परिमाणको एक बोरा गाँजा बाराको पचरौता नगरपालिका–२ बिष्णपुरस्थित सडकबाट हिजो साँझ प्रहरीले बरामद गरेकाे हाे ।

- Advertisement -

नम्बर नखुलेको मोटरसाइकलमा राखि नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीले उक्त गाँजा बरामद गरेकाे प्रहरीले बताएकाे छ ।

गाँजाको बोरा राखेर मोटरसाइकलमा हुइङ्किएका व्यक्ति प्रहरी देखेपछि फालेर भागेका थिए । फरार व्यक्तिको खोजी भइरहेकाे प्रहरीले बताएकाे छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -