शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
24.9 C
Kathmandu
34.9 C
Birgunj

एक सातामा मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ५८ हजार भन्दा बढीको आवेदन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०६ असाेज । म्यादी प्रहरीका लागि मधेश प्रदेशमा एक सातामै ५८ हजार ६८८ जनाले आवेदन दिएका छन्।

- Advertisement -

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृहमन्त्रालयले असोज ६ गतेसम्म म्यादी प्रहरीका लागि विज्ञापन आह्वान गरेकोमा एक दिन बाँकी रहेको समय यति संख्यामा आवेदन परेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाका अनुसार एक साताको अवधिमा बारामा सबैभन्दा बढी ९ हजार ४५२ जनाले म्यादी प्रहरीका लागि दरखास्त भरेका हुन्।

- Advertisement -

यस्तै सप्तरीमा ७ हजार ९९२, सर्लाहीमा ७ हजार ७२०, रौतहटमा ७ हजार ४६७, धनुषामा ६ हजार ९ सय, पर्सामा ६ हजार ५४८, महोत्तरीमा ६ हजार ४८४ र सिरहामा ६ हजार १२५ जनाले म्यादी प्रहरीका लाग दरखास्त भरेको प्रवक्ता तिम्सिनाले जानकारी दिए।

दरखास्त दिनेहरुमध्ये १० हजार ८४८ जना महिला र ४७ हजार ८४० जना पुरुष रहेका छन्। म्यादी प्रहरीका लागि दरखास्त दिने आज अन्तिम दिन रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -