मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

मधेस प्रदेशमा लोसपाका मन्त्रीले...

जनकपुर । मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्...

२३ किलो चरेशसहित १...

बर्दिया,०४ वैशाख । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई...

रामजन्मोेत्सव र शोभायात्रमा सहभागी...

बीरगन्ज,०४ वैशाख । बीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५...

नैतिक शिक्षा र देश...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश...
20.1 C
Kathmandu
29.4 C
Birgunj

राैतहटमा दुर्घटना परेका सञ्चारकर्मी मण्डलको निधन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राैतहट,०६ असाेज । नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व सचिव पत्रकार रवीन्द्र मण्डलको निधन भएको छ । बुधवार राति प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा ४९ वर्षीय मण्डलको निधन भएको हो । जिल्लाको दुर्गाभगवती गाउँपालिकाको मत्सरी निवासी उनी लामोसमय उपचाररत रहेका थिए ।

- Advertisement -

विगत ४ वर्ष अघि जिल्लाको माधवनारायण नगरपालिकाको लागि भारतीय दुतावास काठमाण्डौबाट एम्बुलेन्स बुझेर फर्किने क्रममा दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए । उपचारकै क्रममा चिकित्सकको लापरबाहीले अपाहिज भएका मण्डलको लामोसमय देखि बीरगन्जमा उपचार भइरहेको थियो ।

नेशनल मेडिकल कलेज बीरगन्जमा उपचार सम्भव नभए पछि घर फर्किएका मण्डल तीन दिन देखी गौर अस्पतालमा रहेका थिए । उनको बुधबार राति निधन भएको हो । मण्डलका एक श्रीमती दुई छोरा र तीन छोरी रहेकी छिन् ।

- Advertisement -

सञ्चारकर्मी मण्डल विभिन्न पत्रिकाका साथै उनी लामो समय गौरमा सञ्चालनमा रहेको राजदेवी एफएमको समाचार सम्पादकको जिम्मेवारीमा समेत रहेका थिए ।

उनको बिहीबार बिहान मत्सरीको बाग्मती किनारमा दाहसंस्कार गरिएको छ । सञ्चारकर्मी मण्डलको मृत्युप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखाले शोक विज्ञप्ति जारी गरेको छ भने माधवनारायण नगरपालिकाले शोकमा एक दिन बिदा दिएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार