बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
21.8 C
Birgunj

वनमन्त्री यादवद्वारा बीरगन्जमा चिडियाघरको शिलान्यास

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०६ असाेज । बीरगन्ज महानगरपालिका– ३२ रामवनमा पर्सा प्राणी उद्यान (चिडियाघर)को शिलान्यास गरिएको छ। वन तथा वातावरणमन्त्री प्रदीप यादवले प्राणी उद्यान (चिडियाखाना)को शिलान्यास गरेका हुन्।

- Advertisement -

चिडियाखानाको शिलान्यास गर्दै मन्त्री यादवले एक अर्बभन्दा बढीको लागतमा चिडियाखाना स्थापना हुन लागेको बताए। चिडियाखाना पर्सा जिल्ला र समग्र मधेस प्रदेशको एक प्रमुख पर्यटकीयस्थल बन्ने उल्लेख गर्दै उनले यसले यहाँको विकास र समृद्धिका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

चिडियाखाना बनेपछि काठमाडौं, पोखरा लगायत नेपालको विभिन्न कुनाका साथै भारतीय र विदेशी पर्यटक समेत वीरगञ्जमा आउने दावी वन मन्त्री यादवको छ ।

- Advertisement -

मन्त्री यादवले पर्सामा नै चिडियाखाना भईदिए हुन्थ्यो भन्ने बाल्यकालको कल्पना पुरा गर्ने अवसर मिलेको बताए ।

‘एसएलसी पछि काठमाडौं घुम्न गएका थियौं, टिकट काटेर जाउलाखेलको चिडियाखाना भित्र पस्यौं । त्यहि बेला वीरगञ्जमा पनि चिडियाखना भइदिए हुन्थ्यो भन्ने कल्पना गरेको थिए । आज आफैंले शिलान्यास गर्ने अवसर मिल्यो’, मन्त्री यादवले भने ।

उनले मन्त्री बनेदेखि आफूले घोषणा गरेअनुसार प्रदेशकै पहिलो चिडियाखाना (पर्सा प्राणी उद्यान) स्थापना गरेको बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -