शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
29.1 C
Kathmandu
26.1 C
Kathmandu
37.9 C
Birgunj

राष्ट्र बैंक अगाडि व्यापारीको धर्ना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नेपालगञ्ज,०७ असाेज । नेपालगञ्जका व्यापारीले राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागु हुने गरी कारोबारको २० र २५ प्रतिशत ऋण लगानी गर्ने नीति ल्याएपछि व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

- Advertisement -

नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाइमा व्यापारीले राष्ट्र बैंक अगाडि एक घण्टा धर्ना दिएका हुन् । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सहजताका आधारमा व्यवसायलाई सहज हुने गरी राष्ट्र बैंकले नीति संशोधन गर्नुपर्ने बताए ।

उनका अनुसार, ऋण (साँवा/ब्याज) असुलीको नाममा बैंकहरुले अकस्मात् व्यवसायीलाई ७ दिने सूचना पठाइ आतंकित बनाइरहेका छन् । संघको यसको विरोधमा छ ।

- Advertisement -

संघका महासचिव चिरञ्जीवी ओलीले अर्थतन्त्रमा नकारात्मक असर पर्ने ब्याजदर बढाउने निर्णय तत्काल स्थगन गर्न माग गरे ।

दसैँको मुखमा आन्दोलनमा उत्रिएका व्यापारीले अवैध आयात रोक्न जोडदार माग गरेका छन् । उनीहरूले खुल्ला नाकाहरुमा कडाइ गर्न नसकेपनि सिधा बाटोबाट आउने अवैध सामान रोक्न आग्रह गरेका छन् ।

त्यसका लागि शनिबार बिहान उनीहरूले नाकामा सचेतना कार्यक्रम गर्ने तयारी गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -