शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

मधेश प्रदेशमा म्यादी प्रहरी भर्नामा युवाको आकर्षण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०७ असाेज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मधेश प्रदेशमा म्यादी प्रहरीको भर्ना हुनका लागि युवाहरूमा निक्कै आकर्षण देखिएको छ ।

- Advertisement -

म्यादी प्रहरीमा भर्ना हुनका लागि बिहीबार साँझ सम्ममा मधेश प्रदेशको ८ जिल्लाबाट ६६ हजारभन्दा बढीले दरखास्त दिएका छन् ।

प्रदेशको ८ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूमा म्यादी प्रहरीमा भर्ना हुनका लागि ६६ हजार ८ सय ८४ जनाले आवेदन दिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । आवेदन दिने मध्ये ५५ हजार ५७ पुरुष र ११ हजार ८ सय २७ महिला छन् ।

- Advertisement -

सबैभन्दा बढी बारा जिल्लामा ८ हजार ९ सय ३९ पुरुष र २ हजार ४ सय ६६ महिला गरी कूल ११ हजार ४ सय ५ जनाले आवेदन फारम भरेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले बताए ।

सप्तरीमा ७ हजार ३ सय ३७ पुरुष र १ हजार ६ सय २३ महिला गरी जम्मा ८ हजार ९ सय ६०, सिरहामा ५ हजार ५ सय २० पुरुष र १ हजार २ सय ९९ महिला गरी कुल ६ हजार ८ सय १९, धनुषामा ६ हजार ७ सय ९ पुरुष र १ हजार १ सय २५ महिला गरी जम्मा ७ हजार ८ सय ३४ जनाले फाराम भरेका छन् ।

रौतहटमा ७ हजार ४ सय २० पुरुष र १ हजार १ सय ६३ महिला गरी जम्मा ८ हजार ५ सय ८३, महोत्तरीमा ५ हजार ९ सय ६९ पुरुष र १ हजार ३ सय ३३ महिला गरी कूल ७ हजार ३ सय २, सर्लाहीमा ७ हजार ९३ पुरुष र १ हजार ५ सय ७० महिला गरी जम्मा ८ हजार ६ सय ६३ र पर्सामा ६ हजार ७० पुरुष तथा १ हजार २ सय ४८ महिला गरी जम्मा ७ हजार ३ सय १८ जनाले फाराम भरेको प्रवक्ता तिम्सिनाले बताए ।

कुन जिल्लाले कति म्यादी प्रहरी भर्ना गर्न पाउँछ त्यसको निर्णय आज वा भोलि सम्ममा हुने पनि प्रदेश पहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

खास गरेर म्यादी प्रहरीमा भर्ना भएकाहरूले वैदेशिक रोजगारीमा जाँदा म्यादी प्रहरीमा काम गरेको अनुभवले काम पाउने भएकाले फाइदा हुने भएको छ ।

बेरोजगारी पनि युवाहरूमा अत्यधिक मात्रामा भएका कारणले स्नातक तथा स्नातकोत्तर गरेका केही युवाहरूले पनि म्यादी प्रहरीमा भर्नाका लागि दरखास्त दिएका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार