जनकपुर,०७ असाेज । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटका लागि मधेस प्रदेशले टोली घोषणा गरेको छ। मधेस प्रदेशले कविता गौतमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।
घोषित टोलीमा चार जना वैकल्पिक खेलाडी समेत रहेका छन् । योसँगै मधेस प्रदेश नवौं राष्ट्रिय खेलकुदका लागि महिला क्रिकेट टोली घोषणा गर्ने पहिलो टोली बनेको छ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद २८ असोज देखि ३ कात्तिकसम्म हुनेछ । टोलीको प्रशिक्षकमा सुनिल शाह तथा व्यवस्थापकमा शोभाकान्त पाण्डे छन् ।
मधेसको टोली
कविता गौतम(कप्तान), अनुराधा चौधरी, सवनम खातुन, गोमा आले, साना प्रविन, एलिसा यादव (विकेटकिपर), सरस्वती चौधरी, प्रियंका गुप्ता, मधु राउत, शान्ति चौधरी, रोजी कदारी, मञ्जु राम, पुष्पा फुयाँल र सन्तोषी चौधरी
वैकल्पिक खेलाडी
तुलसी विक, आरती चौधरी, एली यादव, मोनिका शाह