मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

नागरिकता विधेयकसँग सम्बन्धित रिटको सुनुवाइ आइतबारका लागि सर्‍यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०७ असाेज । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै सर्वोच्चमा दर्ता भएका पाँचवटा रिट निवेदनको सुनुवाइ आइतबारका लागि सरेको छ।

- Advertisement -

शुक्रबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।

दोस्रो पटक पेश भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबारसम्ममा प्रमाणीकारण गर्नुपर्ने संवैधानिक दायित्व भए पनि उनले गरिनन्।

- Advertisement -

संविधानको धारा ११३ (४) को किटानी व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेको दाबी गर्दै पालनाका लागि राष्ट्रपति कार्यालयविरुद्ध परमादेशको माग गर्दै पाँचवटा रिट दर्ता भएका छन्।

अधिवक्ताहरु सुनील रञ्जन सिंह, सागर बराल, सुनीलकुमार यादवले छुट्टाछुट्टै रिट दर्ता गरेका थिए। त्यस्तै देव शर्मा र सोनु रौनियारले पनि सार्वजनिक सरोकारको विवादका रुपमा विधेयक प्रमाणीकारणको आदेश माग गर्दै रिट दिएका छन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -