25.1 C
Kathmandu
Friday, September 30, 2022
24.1 C
Kathmandu
31.7 C
Birgunj

गठबन्धनलाई विष्णु पौडेलको प्रश्न– चुनावपछिको प्रधानमन्त्री को हो ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,०७ असाेज । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धनसँग जनतामा जाने कुनै स्पष्ट नीति तथा कार्यक्रम नभएको बताएका छन् । एमालेसँग मात्र विचार, दृष्टिकोण र सही घोषणापत्र रहेको दाबी गर्दै उनले त्यही आधारलाई समातेर तयार पारिएको घोषणापत्र लिए एमाले निर्वाचनमा होमिएको बताए ।

- Advertisement -

एमाले प्रदेश कमिटी लुम्बिनीको सल्लाहकार परिषद बैठकलाई सम्बोधन गर्दै पौडेलले भने, ‘सत्ता गठबन्धनसँग विचार, नीति र कार्यक्रम केही छैन । मुलुकको नेतृत्व गर्ने त्यसलाई निर्देशित गर्ने साझा घोषणापत्र समेत नभएको जनताले पत्याउने कुनै आधार छैन ।’

- Advertisement -

पौडेलले थपे, ‘आगामी सरकारको नेतृत्व कसले गर्ने भनेर टुंगो लगाएर निर्वाचनमा लागेका छौँ । तर, गठबन्धनलाई सोध्यो भने उनीहरूले प्रधानमन्त्रीको नाम समेत प्रस्ताव गर्न सक्ने अवस्थामा छैन ।’

निर्वाचनमा सरकारले नेतृत्व एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको भनेर अगाडि सारिसकेको पौडेलको भनाइ छ । सत्ता गठबन्धन भनेको केवल बाँडेर खाने मात्रै भएको भन्दै पौडेलले एमाले कार्यकर्ताहरूले यी विषयहरू जनता सामु प्रष्ट पार्नुपर्ने बताए । सत्ता गठबन्धन केवल बाँडेर खाने दाउमा देखिएको बताउँदै एमालेको एकल बहुमत हुने गरी लाग्न र गठबन्धनका नाममा भएका देश विरोधी गतिविधि आम मतदातालाई बुझाउन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -