शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सरकारीमा कार्यरत चिकित्सकलाई निजीमा...

काठमाडौँ,०७ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा...

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया...

काठमाडौँ,०७ वैशाख । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । शुक्रबार...

आनन्द साहको परिवारलाई मधेश...

जनकपुर,०७ वैशाख । हमास समुहको आक्रमणमा परि गत असोज महिनामा मृत्यु भएको धनुषाका...

महानगरको निजी विद्यालयलाई निर्देशन,कानुन...

काठमाडौं,०७ वैशाख । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक...
29.1 C
Kathmandu
41 C
Birgunj

बारामा दाइजोको निउमा लामो यातनापछि एक महिलाको हत्या गरिएको आरोप,श्रीमान् प्रहरी हिरासतमा

कार किन्ने पैसा र छोरो नपाएको भन्दै चरम यातना दिएको आरोप

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,७ असोज – बारामा एउटा महिलाको रहस्मय तरिकाले हत्या भएको छ । बाराको कलैंया उपमहानगरपालिका वडा नं. १ मोतीवाल निवासी पिंकी कुर्मीको परिवारका सदस्यहरुले चरम आतनापछि मृत्युको श्यैमा पु¥याएको माइती पक्षले बीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएको छ । लामो यतानापछि फिल्मी शैलीमा उनको हत्या भएको माइता पक्षले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

- Advertisement -
पत्रकार सम्मेलनकाे तस्वीर
पत्रकार सम्मेलनकाे तस्वीर

चितवनको भरतपुर महानगरपालिका वडा नं. १ निवासी पिंकीको २०६७ मंसिर १४ गते कलैंया मोतीवाग निवासी दिपेन्द्र प्रसाद जैसवारसँग मागी बिवाह भएको थियो । बिवाहको केहि बर्षमै पिंकी माथी परिवारिक यातना शुरु भएको तथा अन्नत बहिनीको हत्या गरिएको मृतकको दाई मनिष कुर्मीले आरोप लगाएका छन् । उनका अनुसार श्रीमान् दिपेन्द्र कुर्मी लगायतका परिवारका अन्य सदस्यहरुको कुटाईबाट बहिनीको टाउँकोमा गम्भीर चोट लागी मस्तिकमा रगत जमेको कारण ज्यान गएको पाटन अस्पतालको पोस्टमाटमको रिर्पोटले प्रष्ट गरेको छ ।

बीरगन्जको एसबिआई बैंक मुर्ली शाखामा कार्यरत मृतकको श्रीमान् दिपेन्द्र प्रसाद जैसवारलाई प्रहरीले पक्राउ गरेको भएपनि हत्याका अन्य तीन जना आरोपीलाई प्रहरीले अहिले पनि पक्राउ गर्न नसकेको मृतककी दिदी सपना गुप्ताले बताइन् । बहिनीलाई लामो समय परिवारका सबै सदस्यहरु मिलि मांसिक तथा शारिरिक यातना दिएर हत्या गरिएको गुप्ताले बताइन् ।

- Advertisement -

टाउँकोमा रगत जम्मेको भन्दै बीरगन्जका डाक्टर उदयनारायण सिंहले राम्ररी उपचार गराउँनु पर्ने भन्दै सिटि स्कायन लगायतका अन्य परिक्षणहरु बिरामी हुँदाकै दिनमा भनेको भएपनि माइता पक्षलाई समेत जनाकारी नगराई समान्य पेन किलर खुवाएर घरमै राखिएको तथा अचेत भएपछि मात्र अस्पताल भर्ना गरिएको गुप्ताले बताईन् ।

हत्या गर्नैका लागि दिपेन्द्र प्रसाद जैसवारकै सकृयताम पिंकीको ५० लाख रुपैया बराबरको जीवन बिमा समेत गराइएको तथा बिमाबाट रकम उठानको लागि हत्या गरिएको हुन सक्ने मृतकका दाई मनिष कुर्मीले नेपाल पोष्ट डेलीलाई बताए ।
मृतक कुर्मीका माइता पक्षले पिंकीको फिल्मीशैलीमा हत्या गरिएको तथा घटनालाई दवाउन ससुरा पक्षले अनेक हतकण्डाहरु अपनाएको आरोप लगाएको छ । गुण्डा प्रयोग गर्न लगाएर छिमेकीहरुको मुख बन्द गर्न लगाइएको तथा राजनितिक पहुचको अधारमा प्रहरी प्रशासनलाई समेत पंगू बनाउँन प्रयास गरिएको माइता पक्षले आरोप लगाएको छ ।

 

मुद्दा दर्ता नगर्न प्रशासनलाई अनेकन दवाव दिइएको भएपनि बाराका प्रहरी उपरीक्ष होविन्द्र बोगटीको अगुवाईमा जिल्ला प्रहरी कार्यालय बाराले मुद्दा गर्दा गरी अनुसान्धान प्रक्रिया अगाडी बढाएको मृतककी दिदी गुप्ताले बताइन् । तर अहिले पनि बारामा मुद्दालाई धुमिल पार्न अनेकै राजनिकि चलखेर ससुरा पक्षले गरी रहेको भन्दै गुप्ताले न्यायको लागि सरोकारवाला सबै पक्षसँग गुहार लगाएकी छिन् । मृतकको ससुराको कान्छो भाई जगत कुर्मी जो बाराको सिडिओ र शसत्र प्रहरी उपरीक्षक चढेको गाडी दुर्घटनमा पारेको अरोपमा जेलबाट छुटेर आएका छन् । उनले नेता तथा गुण्डा परिचालन गरी घटनालाई अन्यत्रै मोडन खाजेको गुप्ताले बताइन् ।

मृतक पिंकीकाे पुरानाे तस्वीर 
मृतक पिंकीकाे पुरानाे तस्वीर

मृतकको दाई मनिषका अनुसार घरको कान्छी बहिनीलाई मागी बिवाहमा बेहुला पक्षले मागे अनुसारको ४० लाख रुपैया नगद,१० तोला सुन,मोटरवाईक तथा अन्य फर्निचरको थुपै समाग्रीहरु दिएर बिदावारी गरेको भएपनि उनीहरुले पछि फेरी कार किन्नु छ भन्दै बहिनीसँग पैसा माग्न लगाएको आरोप लगाए । तर सो बखत हामीले उनीहरुले मागे बराबरको रकम दिन सक्नौ । त्यही वेला देखि बहिनी माथी मान्सिक तथा शारिरिक यतना शुरु भएको प्रमाणहरुले देखाएको मृतकका दाई मनिष कुर्मीले पत्रकार सम्मेलनमा बताए ।

ससुरा पक्षले उचार गाराउन नचाहेको भएपनि बीरगन्जको एडभान्स हस्पिटल,चितवनको भरतपुर शिक्षण अस्पताल एवं काठमाडौंको मेडिसिटी हस्पिटलमा समेत माइती पक्षको दवावमा उपचार गरी बहिनीलाई बचाउँने प्रयास गरिएको भएपनि उपचारकै क्रममा असोज २ गते चिकित्सकहरुले मृत घोषणा गरेको कुर्मीले पत्रकार सम्मेलनमा बताए । मृत्यु भएको दुई दिन सम्म ससुरा पक्षले शव उठाउन नमानेको उनले बताए । पिंकीलाई डक्टरले मृत गरी घोषणा गरे पश्चात शव उठाउँन नमान्नेको तथा प्रमाणहरु मेटाउँन प्रयास गरेको उनको आरोप थियो ।

पडित परिवारले बीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महिला अधिकारकर्मी सरवस्ती खरेल पिंकीको घरेलु अवस्थावारे आफुले नजिकबाट नियालेको बताउँदै उनको हत्या नै भएको दावी गरिन् । घटनाको त्यसको सत्य तथ्य न्यायिक छानबिन हुनु पर्ने खरेल पत्रकार सम्मेलनमा बताइन् ।

उनले बारामा अहिले पनि हजारौ पिंकीहरु घरेलु हिन्साको चपेटामा परी रहेको बताउँदै पिंकीको केस एउटा प्रतिनिधि घटना मात्र भएको बताइन् । उनले बारामा यस्ता खाल घटनाहरु बारम्वार घटने गरेको बताउँदै यसको निदानको लागि समाजका सबै तपकाका अगुवाहरु लाग्नु पर्ने कुरामा जोड दिइन् ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मृतकका दाई,दिदी सहित महिला अधिकारकर्मी एवं समाजिक अभियन्ता निभा सिंह,बीरगन्ज महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष मनोज कुर्मी लगायतको उपस्थिती रहेको थियो ।

छाेरीसँग मृतक पिंकी कुर्मी
छाेरीसँग मृतक पिंकी कुर्मी

घटनाको सम्बन्धनमा बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको तथा पिंकीले घरेलु हिन्सामा परेको भन्दै उजुरीहरु यस भन्दा पहिला पनि जिल्ला प्रहरी कार्यालय तथा अदालतमा समेत दिएको देखिएको हुँदा सोको फाइलहरु पनि खाज्ने कार्य भइरहेको बताए । मृतकको श्रीमान्लाई हिसातमा राखी व्यान दिने काम भइरहेको तथा घटनाका अन्य आरोपीहरुलाई पनि छिटै पक्राउ गरिने प्रहरी उपरीक्षक बोगटीले बताए । दोषी देखिए कानुन बमोजिम कारवाही गराउँन प्रहरीपछि नहटने बोगटीले बताए । मृतक पिंकी कुर्मीको एक छोरी र एक छोरा गरी दुई सन्तान रहेको छ ।

 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार