9.1 C
Kathmandu
Friday, December 2, 2022
9.1 C
Kathmandu
18.6 C
Birgunj

बीरगन्ज महानगरपालिकालाई हरित सहर बनाउने अभियान शुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१३ असोज – बीरगन्ज महानगरपालिकालाई हरित सहर बनाउने अभियान महानगरले शुरु गरेको छ । एक कार्यक्रमको बचि बीरगन्जले बृक्षा रोपन गरी अभियानको शुभारम्भ गरेको छ ।

- Advertisement -

साहिब दरबार सेवा संस्थानका संस्थापक देवेन्द्र सिंहको प्रमुख आतिथ्यतामा नेपालकै मुख्य प्रवेशद्वार शंकराचार्य गेटबाट बृक्षारोपण गरेर अभियानको सुरु गरिएको हो ।

अभियानको सुरुवात गर्दै बीरगन्ज महानगरका मेयर राजेशमान सिंहले महानगरलाई हरित सहर बनाउन सडकका दायाँबायाँका साथै सार्वजनिक खाली स्थानमा बृक्षारोपण गरिने बताए ।

वृक्षारोपणले वातावरण प्रदुषण नियन्त्रणमा सहयोग गर्नुका साथै नगर पनि सुन्दर र हरियाली देखिने हुँदा पूरै महानगरभर बृक्षारोपण थालिएको उनले बताए ।

नगर हरियाली बनाउन म्यागो स्टिक, गुल्मोर, कटहर, निम, अशोक लगायतका बिरुवा रोपिने महानगरले जनाएको छ ।

बृक्षारोपणका लागि महानगरले चालु आर्थिक वर्ष २०७९र०८० मा १ करोड रकम बिनियोजन गरेको छ ।

यस वर्षको बजेटले ५ हजार बिरुवा रोप्न सकिने र वन तथा वातावरण मन्त्री प्रदीप यादबले पनि बीरगन्ज बृक्षारोपण गर्न थप बिरुवा उपलब्ध गराउने प्रतिबद्धता जनाएकाले नगरका ३२ वटै वडामा बृक्षारोपण गरिने योजनाको साथ काम बीरगन्ज महानगरले थालेको बीरगन्ज महानगरको मेयर सिंहले बताए ।

महानगरले हरेक वडामा बृक्षारोपणका लागि वडालाई नै बिरुवा जिम्मा लगाएको छ । वडाले आवश्यक स्थान तय गरेर बिरुवा रोप्ने छ । रोपिएको बिरुवा हुर्काउनका लागि हेरचाह गर्ने जनशक्ति पनि महानगरले खटाएको छ । बृक्षारोपणको अभियानसँगै महानगरले मुख्य प्रवेशद्वार शंकराचार्य गेट पनि सफाई गरेको भने नजिकै रहेको मठको पनि मेयर सहितको टोलीले अवलोकन गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -