Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

Update: बारा बस दुर्घटनामा घाइते भएका २० जनालाई थप उपचारका लागि भरतपुर पठाइयो

spot_img

बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा घाइते भएका २० जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । उनीहरुलाई हेटौंडाको विभिन्न अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका–१४, नयाँ बस्ती बस्ने १४ वर्षीय अमृत लोप्चन, सोही ठाउँका अन्दाजी १२ वर्षीय विज्ञान घिसिङ, चितवनको खैरेनी नगरपालिका–८ का अन्दाजी ५४ वर्षीय भीमसेन अधिकारीलाई उपचारका लागि चितवन पठाइएको हो ।

खैरेनीकै अन्दाजी ३८ वर्षीय रविना अधिकारी, हेटौंडा उपमहानगर–१४ चुरियामाइ बस्ने अन्दाजी ३४ वर्षकी ठुलीमाया स्याङ्तान, सोही स्थानकी अन्दाजी ३५ वर्षकी मञ्जुकुमारी लोप्चन, वीरगञ्ज महानगर–१६ निवासी अन्दाजी २२ वर्षीय रविना चौरसिया, सोही स्थानका अन्दाजी २५ वर्षीय सन्दीप चौरसिया, ४० वर्षीय लक्ष्मीदेवी चौरसिया, ६२ वर्षीय मालती चौरसिया पनि घाइते छन् । उनीहरुलाई पनि पुरानो मेडिकल कलेज भरतपुर उपचारार्थ पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै हेटौंडा उपमहानगर–७ का अन्दाजी १७ वर्षीय सोनिया श्रेष्ठ, जीतपुर सिमरा उपमहानगरपालिका–२२ बस्ने अन्दाजी ११ वर्षका शिशिर विक, हेटौंडा उपमहानगर–१४ का अन्दाजी १५ वर्षीय प्रशान्त स्याङ्तान, वीरगञ्ज महानगर–१६ निवासी ११ वर्षीय दिवी आयान चौरसिया, सोही स्थानका प्रिन्स चौरसिया, चितवनका २० वर्षीय आयुस बास्तोला, वीरगञ्ज–१६ बस्ने अन्दाजी ७ वर्षका दिपेश चौरसियालाई पनि थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी हेटौंडा उपमहानगर–८ बस्ने १७ वर्षीय सलमान आलम, सोही ठाउँका अन्दाजी १५ वर्षीय सवनम खातुन र हेटौंडा उपमहानगर–१४ निवासी अन्दाजी ७ वर्षीय सुविना घिसिङलाई पनि उपचारका लागि चितवन पठाइएको छ ।

प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बसमा करिब ५० जना सवार थिए । सो दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन भने बाँकी छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय