Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

बारा बस दुर्घटनामा मृतक ११ जनाको सनाखत

spot_img

बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको शव सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराका अनुसार मृतकमा कलैया उपमहानगरपालिका–२ निवासी लीलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका–५ निवासी नन्दकुमारी पुडासैनी, कालिका नगरपालिका निवासी सफल कँडेल, वीरगञ्ज महानगरपालिका–१६ बस्ने सोमप्रसाद चौरसिया, सोही ठाउँ निवासी मन्नीदेवी चौरसिया छन् ।

यस्तै, हेटौँडा उपमहानगरपालिका–७ निवासी शुभलक्ष्मी श्रेष्ठ, सोही स्थान निवासी स्वस्तिका श्रेष्ठ, कलैया उपमहानगरपालिका–१० निवासी नाजलिन खातुन, जीतपुर सिमरा उपमहानगरपालिका–२२ निवासी सुरेश विक, कलैया उपमहानगरपालिका–१० निवासी इताजत अन्सारी र ओखलढुंगा निवासी लालबहादुर बोगटीको पनि दुर्घटनामा मृत्यु भएको छ ।

चार मृतकको सनाखत हुन अझै बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बसमा करिब ५० जना सवार थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय