21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

कस्तो अवस्थामा हुन्छ उम्मेदवारको जमानत जफत ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ। प्रतिनिधिसभाका १६५ सीटका लागि देशभरबाट २ हजार ४ सय १२ उम्मेदवार चुनावी मैदानमा छन्।

- Advertisement -

यस पटकको निर्वाचनमा मुख्य गरी दुई गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ। सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी‚ लोसपा र राष्ट्रिय जनमोर्चा छन्। भने, एमालेले जनता समाजवादी पार्टी (जसपा), राप्रपा र राप्रपा नेपाललगायत साना दलसँग सहकार्य गरेको छन्। दुई ठुला गठबन्धन बाहेक स्वतन्त्र उम्मेदवारहरू पनि उल्लेख्य मात्रामा चुनावी मैदानमा छन्।

निर्वाचनको बेलामा उम्मेदवारको जमानत जफत हुनेबारे चर्चा हुने गरेको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ। तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन।’

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सीट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने उल्लेख छ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -