शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

पाँच स्टार खेलाडी जो कतार विश्वकपपछि सन्यास लिने योजनामा छन्

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीका लागि यो विश्वकप नै अन्तिम हुने आकलन गरिएको छ ।

- Advertisement -

दुवै खेलाडी यो विश्वकपसँगै अन्तर्राष्ट्रिय फुटबल करियरबाट सन्यास लिने तयारीमा छन् । पोर्चुगिज स्टार रोनाल्डोले यो विश्वकप जितेपछि आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताइसकेका छन् ।

देशका लागि एक मुख्य उपाधि जित्न सफल भएका दुवै खेलाडी विश्वकपको ट्रफी उचाल्ने दाउमा छन् । यता फ्रेन्च स्टार करिम बेन्जिमा पनि यो विश्वकपबाट सन्यास लिने योजनामा छन् ।

- Advertisement -

युरो कपबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका बेन्जिमाका लागि यो अन्तिम विश्वकपका रूपमा रहेको बताइएको छ ।

क्रिस्टियानो रोनाल्डो

सन् २००३ बाट राष्ट्रिय टोलीमा परेका रोनाल्डोले चार विश्वकप खेलिसकेका छन् । सन् २००६ बाट विश्वकप फुटबल खेल्न थालेका उनले हाल पोर्चुगलको राष्ट्रिय टोलीको नेतृत्व गरेका छन् ।

३७ वर्षीय रोनाल्डोले देशका लागि १९१ खेल खेल्दै ११७ गोल गरेका छन् । पोर्चुगल हालसम्म विश्वकपको फाइनलमा पुगेको छैन । सन् १९६६ मा विश्वकपको तेस्रो स्थानमा आएको पोर्चुगल सन् २००६ मा चौथोमा रहेको थियो । त्यसपछि भने सेमिफाइनलमा पुग्न सकेको छैन ।

रोनाल्डो यो पटक भने देशलाई विश्वकप उपाधि जिताउने योजनामा छन् । उनी यो पटक देशलाई विश्वकपको उपाधि जिताएर सन्यास लिने मुडमा छन् ।

लियोनेल मेस्सी

अर्जेन्टिनाको स्टार खेलाडी लियोनेल मेस्सीले देशका लागि हालसम्म विश्वकप जिताउन सकेका छैनन् । सन् २०१४ को विश्वकपमा फाइनल पुगेको अर्जेन्टिनाले जर्मनीसँग पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाउनुपर्यो ।

३५ वर्ष पुगेका मेस्सी सन् २००६ बाट विश्वकप खेल्न सुरु गरेका हुन् । मेस्सीले हालसम्म राष्ट्रिय टोलीका लागि १६५ खेल खेल्दै ९१ गोल गरेका छन् ।

मेस्सी पनि यो विश्वकपमा देशलाई ट्रफी दिलाएर सन्यास लिने योजनामा छन् । अर्जेन्टिनाले यसअघि १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो । अब मेस्सी देशका लागि तेस्रो उपाधि दिलाउँदै सन्यास लिने योजनामा छन् ।

करिम बेन्जिमा

फ्रान्सका लागि उत्कृष्ट फममा रहेका खेलाडीमध्येका एक हुन् करिम बेन्जिमा । सन् २००७ मा राष्ट्रिय टोलीमा परेका बेन्जिमाले हालसम्म देशका लागि एक विश्वकप खेल्न पाएका छन् ।

सन् २०१४ को विश्वकप खेलेका बेन्जिमा बलत्कारको ओरोपमा एउटा विश्वकप गुमाए । सन् २०१० को विश्वकपमा उनी छनोट भएनन् ।

लामो समयपछि राष्ट्रिय टोलीमा कमब्याक भएका उनले यो विश्वकपलाई सदुपयोग गर्दै राष्ट्रिय टोलीबाट सन्यास लिने योजना बनाएका छन् । ३४ वर्षीय बेन्जिमा सन् २००४ मा फ्रान्सको यू–१७ राष्ट्रिय टोलीमा समावेश हुँदै देशका लागि फुटबल यात्रा सुरु गरेका थिए ।

सन् २००७ बाट उनले राष्ट्रिय टोलीका लागि ९७ खेल खेल्दै ३७ गोल गरेका छन् ।

थोमस मुलर

३३ वर्षीय मुलरले २०१४ को विश्वकपमा पाँच गोल गरे र त्यसपछि जर्मनी र बायर्न म्युनिखको लागि लगभग सधैँ टिममा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । सन् २०१८ को विश्वकपमा डिफेन्डिङ च्याम्पियनका रूपमा कमजोर प्रदर्शन गरेपछि जर्मनी समूह चरणबाटै बाहिरिएको थियो ।

त्यसपछि प्रशिक्षक जोआकिम लोउले सन् २०१९ मा छाडेका थिए । त्यसपछि मुलर युरोकपका लागि राष्ट्रिय टोलीमा आएका थिए । ​मुलरले सन् २०१० बाट राष्ट्रिय टोलीमा रहँदै ११८ खेलमा ४४ गोल गरेका छन् ।

लुइस सुआरेज

१३४ गोलसहित उरुग्वेका सर्वाधिक गोलकर्ता ३५ वर्षीय सुआरेज चौथो विश्वकप खेल्ने तयारीमा छन् । ​आयाक्स, लिभरपुल, बार्सिलोना र एट्लेटिको म्याड्रिडमा लामो समय बिताएका उनी आफ्नो पहिलो क्लब नेसियोनलमा अनुबन्ध छन् ।

इटालीका डिफेन्डर जर्जियो किएलिनीलाई काँधमा टोकेका कारण सुआरेज २०१४ को विश्वकपबाट बाहिरिएका थिए । ​सुआरेजले एट्लेटिकोलाई आफ्नो पहिलो सिजन २०२१ मा क्लबसँग ला लिगा उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

उनले रोनाल्डोसँग बार्सिलोनामा हुँदा खेलिरहेका थिए । उरुग्वे अहिले समूह चरणको खेलमा पोर्चुगलसँग खेल्नेछ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार