21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

पर्सा-२ : चार हजार बढी मतले चौरसिया जित नजिक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, ७ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजयकुमार चौरसियाले फराकिलो मतान्तरका साथ अग्रता कायम गरेका छन् ।

- Advertisement -

मतगणनाको तेस्रो दिन कांग्रेसका चौरसियाले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपाल (जसपा) का सुरेन्द्र प्रसाद कुर्मीसँग ४ हजार भन्दा बढी मतको अन्तरले अग्रता लिएका हुन् ।

निर्वाचन आयोगले जारी गरेको मतगणनाको पछिल्लो परिणामका अनुसार चौरसिया २० हजार ५३७ मत प्राप्त गर्दै कुर्मीभन्दा ४ हजार २४० मतान्तरले अगाडि बढेका छन् । कुर्मीले १६ हजार ३ सय ९७ मत पाएका छन् ।

मतगणना अन्तिम चरणमा पुग्नलाग्दा ४ हजारभन्दा बढीको मतान्तरले अगाडि रहेका चौरसिया जित नजिक पुगेका छन् । थोरै मतगणना गर्न बाँकी रहँदा कुर्मीले चौरसियालाई पछ्याउन सक्ने सम्भावना छैन ।

चार निर्वाचन क्षेत्र रहेको पर्सामा हालसम्म पर्सा-४ मा नेपाली कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन् भने अन्य क्षेत्रको मतपरिणाम आउने क्रम जारी छ । मतपरिणाम अनुसार पर्सा-१ मा जसपाका प्रदीप यादव र पर्सा-३ मा नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीले अग्रता लिरहेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -